राजनीति

प्रमुख निर्वाचन आयुक्त डा. यादवको घरमा बम विस्फोट

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको ललितपुरस्थित घरमा बम विस्फोट भएको छ ।

आइतबार साँझ ललितपुरको हात्तीवनस्थित डा. यादवको घरमा बम विस्फोट भएको हो ।महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख गणेश ऐरले प्रमुख निर्वाचन आयुक्तको घरमा एउटा बम विस्फोट हुँदा घरको कम्पाउन्डमा क्षति पुगेको र झ्यालका सिसा फुटेको जानकारी दिए ।

प्रहरीका अनुसार घर नजिकै एउटा शंकास्पद वस्तु पनि फेला परेको र त्यसलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । बम विस्फोटमा संलग्नको पहिचान हुन नसकेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

इमेजखबर बाट