विश्व

नेपाली आकाशमा आज राती उल्का वर्षा हुने

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले आज(आइतबार) राती नेपाली आकाशमा उल्का वर्षा हुने जनाएको छ ।

मौसम अनुकूल भएमा आज राति एकैपटक १५ देखि २० वटासम्म उल्का खसेको देख्न सकिने बताइएको छ ।

आज राति १ बजेदेखि भोलि बिहान सूर्योदयसम्म उल्का बर्षा देख्न सकिने सोसाइटीले जनाएको छ ।

वैशाख ५ गतेदेखि नै बीणा उल्का वर्षा अर्थात् लाइरिङ मिटियोर सावर सक्रिय छ । यो १२ गतेसम्म सक्रिय रहने छ ।

पुच्छ«ेताराले छाडेका धुलोका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हुँदा उल्का बर्षा देखिन्छ । उल्का वर्षा नांगो आँखाले पनि देख्न सकिनेछ ।

इमेजखबर बाट