समाज

पोक्लाबाङबासी वर्षौँदेखि धनीपुर्जा विहीन, माग सुनुवाइ भएन

तेह्रथुमको फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारका बासिन्दाले आफूले भोगचलन गर्दै आएका जग्गाको अझै लालपुर्जा नपाएको गुनासो गरेका छन् ।जिल्लाकै पुरानो ऐतिहासिक पोक्लाबाङ गढीको नामबाट चिनिएको यो बजार २०३० सालबाट विस्तार भएको हो ।

टाढाबाठा केही परिवारबाहेक बजारमा बस्ने करिब एक सय घरधुरीले अझैसम्म लालपुर्जा नपाएको स्थानीयको गुनासो छ ।स्थानीय राजनीतिक दलहरुको पहलमा पटक–पटक लालपुर्जा माग गरिए पनि हालसम्म कसैबाट सुनुवाई नभएको उनीहरुको भनाई छ ।धार्मिक, प्राकृतिक र पर्यटकीय स्थलको समेत संभावना बोकेको यो बजारमा तिव्र वस्ती विस्तारसँगै विना धनीपुर्जा जग्गाको कारोबारसमेत हुने गरेको छ ।

बजारमा सडक, विजुलीलगायतका सुविधा पुगे पनि स्थानीयले आफूसँग लालपुर्जा नहुँदा समस्यामा परेको बताएका छन् ।जग्गा धनी पुर्जा नहुँदा बजारबासीले सरकारी कार्यालयका काम कारबाही र अन्य वंैकिङ कारोबारसमेत गर्न पाएका छैनन् ।गाउँपालिकाका अध्यक्ष हरि चोङवाङले बजारबासीलाई लालपुर्जा वितरणको प्रक्रिया शुरु गर्न लागिएको बताए ।