राजनीति

प्रदेश नम्बर १ को संसद् धमाधम कानुन बनाउँदै, दुईवटा विधेयक पारित

प्रदेश नम्बर १ को संसद् प्रदेश सरकार संचालनका लागि कानुन बनाउन जुटेको छ ।

प्रदेश संसद्ले दुई वटा विधेयक पारित गरिसकेको छ भने आधा दर्जन विधेयक सदनमा टेवल भएका छन् । त्यसैगरी एक दर्जन भन्दा बढी विधेयकका मस्यौदा तयार भइसकेका छन् ।ती विधेयक सदनमा पेश गर्न मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति लिने तयारी भइरहेको छ ।

प्रदेशमा रहने सातवटै मन्त्रालयले करिव दुई दर्जन बढी विधेयक मस्यौदा तयार गर्न आन्तिरिक मामिला तथा कानुन मन्त्रालयबाट सैद्धान्तिक स्वीकृति पाएका छन् ।प्रदेश सरकार आवश्यक कानुन निर्माणमा जुटेसँगै प्रदेशसभाले समेत नियमित विजनेश पाउन थालेको छ । सरकार गठन भएको २ महिनामा २३ औं पटक प्रदेशसभा बैठक सम्पन्न भइसकेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव यज्ञराज खत्रीले प्रदेश सरकार अन्तर्गतका मन्त्रालयले आवश्य कानुन निर्माणलाई तिव्रता दिएको बताए ।

इमेजखबर बाट