खेलकुद

पाँचथर गोल्डकप विथोल्ने प्रयास रंगशालाका कुर्सी र साउण्ड सिष्टम तोडफोड गरियो : तस्वीर हेर्नुस

फिदिम :पाँचथर गोल्डकप चलिरहेको पाँचथरको फिदिम स्थित फिदिम माध्यामिक विद्यालयको मैदानमा राखिएका कुर्सी र साउण्ड सिष्टम तोडफोड गरिएको छ ।

उद्घाटन खेल सकिएको राती यहाँ स्थित खेलमैदानमा रहेका सामग्री तोडफोड गरिएको हो । खेल पश्चात खाना खान स्वयमसेवकहरु मैदानवाट वाहिरिएका बेला सामग्री तोडफोड गरिएको हो ।


आयोजकको मानसिकता गिराउने प्रयास स्वरुप केहि उत्श्रृंखल व्यक्तिले तोडफोड गरेको हुनसक्ने अनुमान गरिएको छ । घट्नाको छानविन गरी दोशीलाई कार्वाहि गर्न आयोजक पाँचथर क्लवले माग गरेको छ ।

कुनै एउटा समूहले उक्साएर सामान तोडफोड गर्न लगाएको आसंका प्रहरीले गरेको छ । यद्धपी अपराधिक समूहको पहिचान भने भएको छैन ।

 

रेडियो मितेरी Live