खेलकुद फिचर

पाँचथर गोल्डकप : दोस्रो दिनको खेलमा मोरङलाई हराँउदै इलाम सेमी फाइनलमा प्रवेश भीडियो सहित

फिदिम : पाँचथरको फिदिममा जारी दोस्रो वाइवाइ पाँचथर गोल्डकप प्रतियोगिता अन्तरगत सोमवार भएको दोस्रो खेलमा विजयी हुँदै रेडहर्ष इलाम सेमी फाइनमा प्रवेश गरेको छ ।
प्रतिश्पर्धी डिएफसि मोरङलाई १ का विरुद्व २ गोलले पराजित गर्दै इलाम दोस्रो चरणमा प्रवेश गरेको हो ।

खेल शुरु भएको १६ औं मिनेटमा इलामका मनिष थापाले १ गोल गर्दै आफ्नो टिमलाई अगाडी वढाएका थिए । जवाफमा मोरङका विरेन्द्र लिम्वुले १८ औं मिनेटमा गोल फर्काएपछि मध्यान्तर पछिको ३७ औं मिनेटसम्म दुवै टिमले वरावरी खेलेका थिए ।

मध्यान्तर पछिको ३८ औं मिनेटमा इलामका सुवाष राईले थप १ गोल गर्दै आफ्नो टिमलाई विजयी तुल्याए । सोमवारको खेलमा मोरङका गोलकिपर छिरिङ तामाङलाई मेन अफदि म्याच घोषणा गरियो ।

भोली जावलाखेल युनाइटेड र न्यु स्टार सुनसरीविच प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ । नेपालका ए डिभिजन सहित ८ टिमले भाग लिएको खेल वैशाख २ गते सकिँदैछ । खेलका विजेताले ३ लाख ५ हजार ५सय र उप विजेताले १ लाख ५० हजार ५ सय नगदर सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । खेल पाँचथर क्लवले आयोजना गरेको हो ।