खेलकुद

दोस्रो पाँचथर गोल्डकपको तयारी पुरा

पाँचथरको फिदिममा भोलीदेखि शुरु हुने वाईवाई दोस्रो पाँचथर गोल्डकपको तयारी पुरा भएको छ ।

पाँचथर क्लव पाँचथरको आयोजनामा फिदिम माविको खेल मैदानमा हुने खेलका लागि मैदान व्यवस्थापन र प्याराफिट निर्माण सहित व्यवस्थापकीय काम पुरा भएको आयोजकले जनाएको छ ।

खेलमा नेपालका ए डिभिजन क्लव सहित ८ वटा टिम सहभागी हुनेछन । खेलमा सहभागि अधिकांश टिमका खेलाडी फिदिम आइपुग्नका साथै आयोजक टिमका खेलाडीका लागि बन्द प्रशिक्षण पनि सम्पन्न गरिएको क्लवले जनाएको छ ।

भोली दिँउसो १ वजे १ नम्वर प्रदेश प्रमूख डाक्टर गोविन्द तुम्बाहाङले उद्घाटन गर्ने प्रतियोगिताको फाइनल बैशाख २ गते हुनेछ । उद्घाटन खेलमा आयोजक पाँचथर क्लव र मिसन युनाइटेड ताप्लेजुङ विच प्रतिश्पर्धा हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले ३ लाख ५ हजार र दोस्रो हुने टिमले १ लाख ५० हजार ५ सय ५५ रुपैंया पुरस्कार सहित ट्रफि मेडल र प्रमाणपत्र तथा खेल अवधिका एकजना उत्कृष्ठ खेलाडीले टिविएस कम्पनीको स्ट्राइकर वाइक प्राप्त गर्नेछन ।

रेडियो मितेरी Live