खेलकुद

आयोजक टिम याङनाममा जारी इमानसिंह कपको सेमी फाइनलमा

फिदिम : पाँचथरको फिदिम १० याङनाममा जारी इमानसिं गोल्डकपमा आयोजक इमानसिं फुटबल क्लब याङनाम नागीलाइ ४–० गोलले हराउदै फाइनल प्रबेश गरेको छ ।

सामबार भएको सेमिफाइनल खेलमा आयोजक का युवराज लाबुङले ह्याटिक गरे । खेलको १५ मिनेटमा गोल गर्दै आयोजकलाइ अग्रता दिलाएका लाबुङले खेलको ५५ र ६५ औं मिनेटमा गोल गर्दै ह्याटिक पुरा गरे । सुमन योङयाले एक गोल गरे । नागीले भने कुनै गोल गर्न सकेन ।

चैत्र १७ गतेबाट सुरु भएको प्रतियोगीतामा ६ टिमको सहभागीता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख र उपबिजेताले ५० हजार प्राप्त गर्ने छन । प्रतियोगिताको फाइनल खेल चैत्र २२ गते हुने छ ।  दोश्रो सेमिफाइन खेल पाँचथर क्लब र आयोजक निलो बिच हुने आयोजकले जानकारी दिए ।