विश्व

बहुचर्चित चिनियाँ स्पेस स्टेशनको अवशेष दक्षिणी प्रशान्त क्षेत्रमा खस्यो

अमेरिका र चीनबाट प्राप्त रिपोर्टहरुले चीनको ‘टियान्गोङ्ग–१’ अन्तरीक्ष ल्याव दक्षिण प्रशान्त क्षेत्रमा पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नासाथ नष्ट भएको उल्लेख गरेको छ ।खगोलवैज्ञानिक जोनाथन म्याडावले ट्वीट गर्दै ‘टियान्गोङ्ग–१’ ग्रीनबीच मिन टाइम अनुसार विहान ८ बजेर १६ मिनेटमा पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको बताएका छन् ।

१० मिटरको ‘विङ्गस्पान’ र आठ टन वजनको ‘टियान्गोङ्ग–१’ लाई सन् २०११ मा अन्तरीक्ष प्रयोगको लागि लन्च गरिएको थियो ।अन्तरिक्ष पठाएर पृथ्वीको वायुमण्डलमा फर्केका मानब निर्मित बस्तुहरु मध्य यो कयैन गुणा ठूलो मानिएको थियो ।

अन्तरीक्षमा पठाइएको केहीपछि ‘टियान्गोङ्ग–१’ सँग चीनको सम्पर्क टुटेको थियो र यस कारणले यो मानवनियन्त्रण विनानै खसेको थियो।यही कारण विज्ञहरुले यो अन्तरिक्ष स्टेशन कुनै बस्तीमाथि पनि खस्न सक्ने आशंका गरेका थिए ।

के थियो ‘टियान्गोङ्ग–१’ ?

चीनले सन् २००१ मा अन्तरिक्षमा यान पठाउन शुरु गरेका थियो र परीक्षणको लागि जनवरीमा यसलाई पठाइयो ।यसपछि सन् २००३ मा चीनले अन्तरीक्षमा मान्छे पठायो । सोभियत संघ र अमेरिका पछि चीन अन्तरिक्षमा मान्छे पठाउने तेस्रो देश हो ।

सन् २०११ मा ‘द टियान्गोङ्ग– १’ बाट चीनले आफ्नो अन्तरीक्ष केन्द्रको कार्यक्रम शुरु ग¥यो । अन्य अन्तरीक्ष केन्द्रको हिसाबमा केही सानो यो केन्द्रमा अन्तरीक्षमा गएका वैज्ञानिकहरु केही दिन बस्नको लागि ठिक्क थियो ।यसपछि चीनले आफ्नो पहिलो महिला अन्तरीक्ष यात्री लियू याङ्गलाई अन्तरिक्षमा पठायो ।यसको दुई वर्ष पछि मार्च २०१६ मा यसले काम गर्न छाड्यो । त्यसबेला देखि नै अन्तरिक्ष क्षेत्रमा काम गर्नेहरु यसको खस्ने समय र स्थानको बारेमा चर्चा हुन थालेको थियो ।यो भन्द अघि सन् १९७९ मा लगभग ८० टन वजनको ‘स्काइल्याव’ स्पेस स्टेशन पनि एक हिसाबमा अनियन्त्रित तरिकाबाट पृथ्वीमा खसेको थियो ।

त्यो समय त्यसको अवशेषको टुक्रा अस्टे«लियाका केही स्थानमा पाइएको थियो । तर त्यसले कसैलाई असर भने गरेन ।