खेलकुद मोफसल

कुम्मायक आमन्त्रण गोल्डकपमा जिल्लाकै सवैभन्दा धेरै पुरस्कार राशी

पाँचथरको यासोकमा प्रत्येक तीनवर्षमा लाग्ने त्रिसाली मेलाका अवसरमा आयोजना हुने कुम्मायक कुस्सायक आमन्त्रण गोल्डकप यसवर्ष बैशाख २० गतेदेखि हुने भएको छ ।

यासोक स्थित पृथ्बी माविको खेल मैदानमा आयोजना हुने गोल्डकपमा मोरङ ११, सुनसरी ११,चर्च व्याइज काठमाण्डौ,विर्ता युनाइटेड झापा,कञ्चनजंघा स्पोर्टस सिक्किम,आयोजक रानिगुफा सेवा समाज,ताप्लेजुङ ११ र व्याइज युनियन काठमाण्डौविच प्रतिश्पर्धा हुने आयोजक समितिले आज फिदिममा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दियो ।

२८ लाख रुपैंयाको लागत अनुमान गरिएको प्रतियोगितका विजयी टिमले ३ लाख ११ हजार र उप विजेताले एकलाख ५० हजार पुरस्कार पाउनेछन ।

कुम्मायक आमन्त्रण गोल्डकपमा घोषणा भएको यो पुरस्कार राशी पाँचथरमा आयोजना हुने फाल्गुनन्द गोल्डकप र पाँचथर गोल्डकपभन्दा धेरै हो ।

फाल्गुनन्द गोल्डकपका विजेताले ३ लाख र पाँचथर गोल्डकपका विजेता ३लाख ५ हजार पुरस्कार पाँउदै आएकोमा आयोजकले ती दुवै खेलका आयोजकलाई उछिन्दै पुरस्कारमा जिल्लाकै ठुलो राशी घोषणा गरेको हो ।

कुम्मायक गाँउ पालिका प्रर्वधक रहेको प्रतिगितामा प्रायोजक कम्पनीको खोजी भइरहेको आयोजकले जनाएको छ ।