अर्थ

सनराइज बैंकको धरान शाखाबाट १० लाख रुपैयाँ चोरी

सुनसरीको धरानस्थित सनराइज बैंकको शाखामा गएराति चोरी भएको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको बैंकको काउन्टरबाट १० लाख चोरिएको बैंकका सहायक मेनेजर दिनेश अधिकारीले जानकारी दिए ।बिहानमात्र चोरी भएको थाहा पाएपछि बैंकका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

चोरीका बिषयमा अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै कारोबार यसै बैंकबाट हुँदै आएको थियो ।

 इमेजखबर बाट