खेलकुद

नवयूगले आयोजना गरेको फुटबको उपाधी अरुणिमालाई

खविन लुइटेल
पाँचथर २८ फाल्गुण

नवयुग समाज तुम्वेवाले आयोजना गरेको पुरुष नकआउट फुटबल प्रतियोगिताको उपाधि अरुणीमा यूवा क्लब आरुबोटेले चुमेको छ । आज सम्पन्न भएको फाइनल खेलमा आयोजक ए लाई ० का विरुद्ध ३ गोलको अन्तरले पराजित गर्दै अरुणिमाले उपाधी कब्जा गरेको हो । उपाधी संगै अरुणीमा यूवा क्लब आरुबोटे ले नगद ४० हजार रुपैया सहित मेडल र ट्रफि हात पारेको छ भने आयोजक नवयुग ए ले २० हजार मा चित्त बुझाएको छ ।
त्यस्तै खुल्ला ब्याडमिन्टन तर्फ भने दशमी बजार ए पहिलो, बुद्धेश्वरी मावी दोश्रो र रविन थापा र रोश लावतीको जोडी तेश्रो भएका छन् । उनिहरुले क्रमशः नगद ८ हजार, ४ हजार र २ हजार रुपैया तथा प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रम क्लबका उपसभापती बाबुराम खड्काको सभापतित्वमा सम्पन्नभएको थियो भने कार्यक्रमका प्रमुख अतिथी होम थापाले पुरस्कार वितरण गर्नुभएका थियो । समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तुम्वेवा गाउँपालिकाका अध्यक्ष होम थापाले यूवाहरुमा अन्र्तनिहीत रहेको खेल क्षमताको प्रष्फुटन गराउन तुम्वेवा गाउँपालिकाले कुनै कसुर बाँकी नराख्ने बताउनुभयो ।

रेडियो मितेरी Live