अर्थ

मेड्पाको ८ दिने तालिम सम्पन्न

मितेरी समाचार

५ फाल्गुण

पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा न १३ र १४ मा घरेलु तथा साना उद्योग बिकास समिति पाचथरको सहयोग तथा एक्टिभ नेपालको आयोजनामा गरिबी निबरणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेड्पा) अन्तर्गत छनोट भएका ४५ जना सम्भावित उद्यमी हरुलाई २ समुहमा ब्यबसाय शुरु, सचेतना तथा लैंग्गिक समावेशीकरण सम्बन्धि आठ दिने तालिम सम्पन्न भएको छ । तालिमबाट विभिन्न प्रकारका उद्यमहरू छनौट भएका छन्, छनौट भएका सम्भावित लघु उद्यमीहरुका लागि कार्यक्रमले तत्काल लामो, मध्यम र छोटो प्रकृतिको तालिमहरु स्थानीय स्तरमा संचालन गर्ने कार्यक्रमका संयोजक मेदीनी लावतीले बताउनुभयो । माघ २४ देखि फागुन ४ गते सम्म संचालन भएको तालिममा लघु उद्यम बिकास कार्यक्रमको बिधि प्रयोग गरि बार्षिक आम्दानि तेतीस हजार चाैतीस रुपैया भन्दा कम भएका व्यक्तिहरुलाई स्थानिय जनप्रतिनिधिहरुको सहयोगमा सम्भावित लघु उद्यमीहरुको रुपमा छनौट गरि तालिममा सहभागी गराइएको सस्थाका कार्यक्रम निर्देशक सुमन कार्कीले बताउनुभयाे ।  आर्थिक बर्ष ०७४,०७५ को अन्त्य सम्ममा जिल्लाका फिदिम नगरपालिका, फालेलुंग गाउपालिका र फाल्गुनन्द गाउपालिका बाट १२० जना लघु उद्यमी हरु सृजना गर्न शिप बिकास तालिम, लघु बित्तामा पहुच, बजार पहुच र प्रबिधिमा कार्यक्रमले सहयोग गर्ने जिल्ला कार्यक्रम सयोजक मेदिनी लावतीले जानकारी दिनुभएको छ । सन् १९९८ बाट शुरु भएको लघु ऊद्यम बिकास कार्यक्रम (मेडेप) नेपाल सरकारले आर्थिक वर्ष ०६६,०६७ देखि आन्तरिकिकरण गरि जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यलय मार्फत संचालन गर्दै आए पनि पाचथर जिल्लामा भने यसै आर्थिक वर्ष बाट गरिबी निबारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेड्पा) को रुपमा संचालनमा आएको तथा लघु उद्यमीहरुलाई घरेलु तथा साना उद्योग कार्यालयले प्रवाह गर्ने सेवाको बारेमा जिल्ला घरेलु तथा साना उद्योग बिकास समिति पाचथरका प्रमुख इश्वरी प्रसाद अधिकारिले जानकारी जानकारी दिनुभएको थियो।