कला साहित्य

७ वटै प्रदेशमा प्रादेशिक प्रज्ञा प्रतिष्ठान र स्थानीय तहमा इकाई गठन गर्न माग

फिदिम :राज्यको पुर्न संरचना अनुसार प्रदेश र स्थानीय तहमा प्रज्ञा प्रतिष्ठानका छुट्टाछुट्टै इकाई रहनुपर्ने फिदिममा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन ।

नेपाल प्रज्ञा प्रतिष्ठानले शनिवार आयोजना गरेको प्रादेशिक संरचनामा प्रज्ञा प्रतिष्ठानको प्रारुप विषयक कार्यक्रमका बक्ताहरुले प्रत्येक प्रदेशमा प्रादेशिक प्रतिष्ठान र स्थानीय तहमा तिनका इकाइ रहनुपर्नेमा जोड दिएका हुन ।

कला साहित्य र संस्कृतिको संरक्षण संम्बर्धन केन्द्रीय तहबाट मात्रै सम्भव नहुने भएकाले भूगोल वातावरण र सस्कृति सम्बन्धि खोज अनुसन्धान अगाडी बढाउन अव गठन हुने प्रज्ञा प्रतिष्ठान र तिनका इकाई गम्भिर हुनुपर्ने सहभागिहरुको जोड थियो ।

कार्यक्रममा भाषा आयोगका भाषा विज्ञ हरिश्चन्द लावती,याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जवेगू,प्राध्यापक लक्ष्मी ढुंगाना,प्राज्ञ रविमान लम्जेल,फाल्गुनन्द गाँउ पालिका प्रमूख अमरकुमार नेम्वाङ लगायतले यस्ता सुभाmव राख्नुभएको थियो
नौलो साहित्यिक बिहान प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उपलव्ध सुझाव नेपाल सरकार समक्ष पु¥याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । सोहि कार्यक्रममा चारखोले शिशिरको उघ्रदो आकाष नामक कृति समेत विमोचन गरिएको थियो ।