मितेरीको कार्यक्रमहरु

मितेरी डेल्ली क्विज

मितेरी डेल्ली क्विज तपाइको ज्ञानको भण्डारको विकास गर्न तयार गरिएको कार्यक्रम हो । मितेरी डेल्ली क्विजमा हामी हरेक दिन एउटा सामान्य ज्ञानको प्रश्न तपाइको लागी राख्नेछौ । रेडियो मार्फत समेत यही प्रश्न दैनिक बारम्बार प्रशारण हुनेछ । र तपाइले रेडियो मार्फत प्रश्न सुनेर या रेडियो मितेरीको आधिकारीक फेसबुक पेजमा प्रश्न हेरेर सहि उत्तर कमेन्ट गर्न या म्यासेज गर्न सक्नुहुनेछ । तपाइले यहि स्टाटसमा कमेन्ट गरेर जवाफ दिन सक्नुहुनेछ भने म्यासेज गर्न MIT QZ (Option A or Option B मध्ये कुनै एउटा टाइप गरेर) ३४३४३ मा पठाउनु पर्नेछ । मितेरी डेल्ली क्विजको विजेताको घोषणा हरेक दिन बेलुका ९ः१५ बाट १०ः०० बजे सम्म प्रशारण हुने कार्यक्रम मितेरी शुभरात्रीको अन्त्यमा घोषणा गरिनेछ । शनिबार तथा प्राविधिक कारणबस मितेरी शुभरात्री प्रशारण हुन नसकेमा त्यसको भोलिपल्ट प्रशारण हुने शुभरात्रिमा विजेताको नाम या मोवाइल नम्बर घोषणा गरिनेछ । हरेक दिन १ जना साथि Winner of the Day को रुपमा प्रत्येक दिन विजेता बन्नुहुने छ। महिनामा ३० जना साथिहरु विजेता बन्नुहुनेछ र हरेक महिनाको मसान्तको (अन्तिम) दिन ति ३० जना विजेताहरु मध्येबाट लक्की ड्र गरेर एकजना साथिलाइ Winner of the Month  काे रुपमा विजेता घोषणा गरिनेछ । यसरी प्रत्येक महिना १ जना साथि Winner of the Month बन्नुहुनेछ र Winner of the Month साथीले १ थान एफ.एम. रेडियो पुरस्कार स्वरुप प्राप्त गर्नुहुनेछ । उक्त पुरस्कार तेह्रथुम ओयागजुङ घर भइ हाल इजरायलमा बस्दै आउनुभएका समाजसेवी देव बाँस्कोटाले प्रायोजन गर्नुभएको हो ।

About the author

miteree

1 Comment

Click here to post a comment

Your email address will not be published. Required fields are marked *