कला साहित्य

पाँचथरमा फेला पर्यो मिनि मुस्ताङ एकपटक अवश्य पुगौ !

मितेरी समाचार
पाँचथरमा नयाँ पर्यटकिय गन्तब्य फेला परेको छ । पर्यटक भित्राउने सन्दर्भमा इलाम र ताप्लेजुङ भन्दा पछाडी देखिएको पाँचथर जिल्लामा हालै फेला परेको यो गन्तब्यमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लाग्न थालेको छ । प्राय यहाँ आउने पर्यटकले यसलाई मिनि मुस्ताङ जस्तै रहेको प्रतिकृया दिन थालेका छन् ।

फिदिम नगरपालिकाका रानिटारमा रहेको साधुटारमा पाँचथर, इलाम, ताप्लेजुङ लगायतका जिल्लाहरुबाट उल्लेख्य मात्रामा पर्यटक आउन थालेका छन् । उच्च पहाडी क्षेत्रमा पर्ने यस स्थानबाट नेपालका विभिन्न हिम श्रृङखलाहरु देख्न सकिन्छ भने पोखरिमै कुम्भकर्ण र कञ्चनजंघाको छायाँ पर्दछ । उच्च पहाडी क्षेत्रमा रहेको यस स्थानमा बनभोज खान तथा घुम्नको लागी पर्यटकहरु आउन थालेका हुन् ।
हालै मात्र उक्त स्थानमा पर्यटकको घुइचो बढे संगै फिदिम स्र्पो्टिङ क्लबले डस्विन समेत सौजन्य गरेको छ । यहाँ स्थानिय समेत पोखरीको सम्बद्र्धनमा लागि पर्ने बताउछन् ।