मोफसल

देउवाको निर्देशनमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिएको छ ।निगमले बुधबार राती बाट बढाएको मूल्यवृद्धि फिर्ता लिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मुखमा इन्धनको मूल्यवृद्धि गर्दा मतदातामा नकारात्मक असर पर्ने भन्दै तत्काल फिर्ता लिन निर्देशन दिएपछि निगमको आज बिहान बसेको सञ्चालक समितिको आकस्मिक बैठकले मूल्यवृद्धि फिर्ता लिएको हो ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले बुधबार रातिबाट बढाइएको मूल्यवृद्धि फिर्ता लिएर साविककै मूल्यमा इन्धन बिक्री वितरण हुने जानकारी दिए ।निगमको बुधबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँले मूल्यवृद्धि गर्ने निर्णय गरेको थियो ।

साभार इमेज बाट