मोफसल

अनैतिक सम्बन्ध लुकाउन भाईको हत्या गर्ने दिदीद्वारा प्रहरी हिरासतमै आत्महत्या

अनैतिकसम्बन्ध खुल्ने डरले भाईको हत्या गरेकी एक युवतीले प्रहरी हिरासतमै आत्महत्या गरेकी छिन् ।सिरहाको कर्जन्हा नगरपालिका–२ की १६ वर्षीया प्रियंका यादवले प्रहरी हिरासतमा आइतबार बेलुकी झुण्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ ।

उनलाई पक्राउ गरेर सार्वजनिक गरेको केहि घण्टापछि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सिरहाका डिएसपी राजन भेटबालले बताए ।काकाको छोरा तथा भाई भवेशकुमार यादवको हत्याको आरोपमा प्रियंका र निजका नजिकका साथी सञ्जयकुमार साह पक्राउ परेका थिए ।पक्राउ परेकामध्ये प्रियंकालाई ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट ठाउँ अभावका कारण प्रहरी चौकी बिष्णुपुर लगिएको थियो । प्रियंकाले हिरासतकै शौचालयको भन्टिलेरको रडमा सलले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

यस्तो थियो घटना

यहि कार्तिक ३ गतेदेखि हराईरहेका स्थानिय कुसुमलाल यादवका १३ बर्षीय छोरा भवेश कुमार यादवको शव ५ गते बेलुकी हत्या गरि फालिएको अवस्थामा कर्जन्हा नगरपालिका २ स्थित बनमारा घारीमा फेला परेको थियो ।

भबेशलाई आफ्नै ठुलोबुवा राम उदगार यादबका १६ बर्षीय छोरी प्रियंका यादब र प्रियंकाका नजिकको केटा साथी तथा छिमेकी धनुषा धनौजीकट्टी ५ घर भई हाल कर्जन्हा नगरपालिका २ स्थित मामा नविन कुमार साहको घरमा बसी अध्ययन गर्दै आएका नथुनी साहको १४ बर्षीय छोरा संजय कुमार साहले हत्या गरेका थिए ।
आफ्नो यौनलिला लुकाउन खुकुरीले घाँटी रेटि हत्या गरिएको प्रहरीले जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाले आइतवार पत्रकार सम्मेलन गरि भवेशको हत्यामा संलग्न प्रियंका र संजयलाई पक्राउ गरि सार्वजनिक गरेको थियो । पत्रकार सम्मेलनमा ईप्रका मिर्चैयाका प्रहरी नायब उपरिक्षक ९डिएसपी० गजुसिद्धि बज्राचार्यले भने ‘प्रियंका र संजयबिचको अनैतिक सम्बन्ध भबेशले देखेको र उक्त सम्बन्ध घरपरिबार र आफन्तलाई भनिदिने बताएका थिए’ त्यसैले आफ्नो अनैतिक सम्बन्ध लुकाउने उदेश्यले दुवैजना मिलेर भबेशलाई हत्या गरेको हो’ उनले भने,

‘भैसी चराउन गएको बेला प्रियंका र संजयबिचको अनैतिक सम्बन्ध भवेशले घटना हुनु भन्दा २ दिन अगाडी देखेएका थिए ।’भबेशलाई यो कुरा कसैलाई नभन्न भनेपनि नमानेकोले आफुहरुले हत्या गरेको उनीहरुले स्विकार गरिसकेको डिएसपी गजुसिद्धि बज्राचार्यले बताए ।

कार्तिक ३ गते मोबाइल भेटेको भन्दै भवेशलाई ललाईफकाई कर्जन्हा नगरपालिका २ मा रहेको नर्सरीको बनमारा घारीमा लगेर प्रियंका र संजयले खुकुरी प्रहार गरेर हत्या गरि फालेका थिए । हत्या गर्ने क्रममा प्रियंकाले आफ्नो सलले भवेशको आखाँ बन्द गरि खुकुरी प्रहार गरेको प्रहरीलाई बताएको छ ।अपराधिलाई केन्द्रिय अनुसन्धान ब्युरो काठमाडौ, प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय मिर्चैयाका संयुक्त प्रयासमा पक्राउ गर्न सफल भएको डिएसपी बज्राचार्यले बताए ।

साभार रातोपाटि बाट