मोफसल

पाँचथरका दुईवटा पसलमा चोरी

फिदिम : पाँचथरको फाल्गुनन्द गाउँपालिकाको छुट्टाछुट्टै २ वटा पसलमा गएराती चोरी भएको छ।

फाल्गुनन्द गाउँपालिका वडा नं.१स्थित सुर्केनागीमा गएराती पदमलाल दुलालको किराना पसलको ताल्चा तोडी पसलमा राखिएको नगद,रिचार्जकार्ड,तथा अन्य सामग्री गरी ३८ हजार रुपैयाँ बराबरको चोरी भएको हो।

घरधनी तिहार मनाउँन माइत गएको र पसलधनी समेत घर गएको मौका पारी पसल चोरी भएको बताइएको छ।

यसैगरी गएराती नै फाल्गुनन्द गाउँपालिका २ स्थित पात्लेभन्ज्याङमा दधिराम खतिवडाको किरानापसलमा नगद तथा पसलका सामग्री गरी ३५ हजार बराबरको चोरी भएको छ ।

उक्त पसलमा समेत घरधनी तथा पसलधनी नभएको मौका पारी पसलको ताल्चा तोडी चोरी भएको हाम्रा सहकर्मी दिपक दुलालले जानकारी दिनुभयो  दुवै घटनाको स्थलगत निरीक्षण गरी प्रहरीचौकी नवमीडाँडाले मुचुल्का तयार गरेको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरी चौकी नवमीडाँडाका इन्चार्ज बल बहादुर ठटालले बताउँनुभयो