मोफसल

ताप्लेजुङमा एडिएसएल र ल्याण्ड लाईन सेवा अबरुद्ध

ताप्लेजुङमा शुक्रबार विहानबाट अबरुद्ध नेपाल टेलिकमको एडिएसएल र ल्याण्डलाईन सेवा अझै सञ्चालनमा आएको छैन ।

सेवा अवरुद्ध हुँदा हजारौँ सेवा ग्राहि मर्कामा परेका छन् । नेपाल टेलिकम ताप्लेजुङ वितरण शाखा प्रमुख विरेन्द्र चेम्जोङका अनुसार शुक्रबार ताप्लेजुङको सुकेटारमा रहेको टावारमा चेक गरीए पनि कुनौ समस्या नदिखिएकाले अब पाँचथरको सिलौटिमा रहेको टावरमा चेक गरे पछि मात्र समस्याका विषयमा पत्ता लाग्ने छ ।

आज विदा भएकाले र कर्मचारी चाड मनाउन गएकाले भोली मात्रै सो स्थानको टावर चेक गरीने चेम्जोङ्ले बताउनुभयो । सो स्थानमानै फल्ड भएको पाईए संभवत आईतबार बेलुकाबाट सेवा सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

टेलिफोन सँगै एडिएसएल सेवा अबरुद्ध हुँदा सबै भन्दा बढि स्थानिय सञ्चारमाध्यम र सञ्चारकर्मि प्रभावित बढि बनेका छन् । जिल्लामा ईन्टरनेटका लागि सबैभन्दा बढि एडिएसएल सेवा वितरण गरीएको छ भने केहि प्रयोग कर्ताले भने ईन्टरनेट सेवा प्रदाक सुविसु कम्पनिको ईन्टरनेट प्रयोग गर्दै आएका छन् ।

सो कम्पनिको ईन्टरनेट भने चालु अबस्थामा रहेकाले अत्यावस्यक ईमेलका लागि विहानै देखि सेवा ग्राहिले सो सेवा प्रदान गरेको स्थानबाट सेवा लिईरहेको सुविसुका ताप्लेजुङ ईन्चार्ज युगराज गुरुङले बताउनुभयो ।

साभार वेलकमखबर