कला साहित्य

सुपर मोडलको अडिसन

 

मोडलिङ क्षेत्रमा आफ्नो करिअर र पहिचान बनाउन इच्छुक युवातीहरुमा केन्द्रित मोडलिङ प्रतियोगिता ‘नेपाल्स नेक्स्ट सुपर मोडल’ को दोस्रो सिजनको पहिलो चरणको अडिसन सम्पन्न भएको छ ।

अडिसन चरणमा तीन दर्जन भन्दा बढी युवतीहरुको सहभागिता रहेको थियो । अडिसनमा सहभागि युवतीहरुको आत्मविश्वास, व्यक्तित्व र मोडल बन्न सक्ने खुबी तथा क्षमताको संभावनाबारे छनौट गरिएको थियो ।

छनौट प्रक्रियामा हिमालय एयरलाइन्सका उज्वला दाली, व्यवसायीद्वय उज्वलकृष्ण श्रेष्ठ र नाजिर हुसैन, मोडल विपना थापा, नेपाल्स नेक्स्ट सुपर मोडल सिजन वानका विजेता करिश्मा के।सी।तथा कोरियोग्राफर रोजिन शाक्य सम्मिलीत रहेका थिए ।

आर एण्ड आर ग्रुपको आयोजनामा संचालन हुने यो प्रतियोगिताको फाइनल साउन २१ गते हुनेछ ।

 

कान्तिपूर साप्ताहिक बाट साबार