अर्थ

कारमा भेटियो भारु १ करोड १९ लाख रुपैंया

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंबाट दुई करोड १७ लाख अवैध भारतीय रुपैयाँ बरामद गरेको छ । बरामद रकममध्ये काठमाडौको गौरिघाट बस्ने कमला भण्डारीको डेराबाट ५०० र एक हजार दरका नोट जम्मा भारु ९८ लाख बरामद गरिएको ब्यूरोले जनाएको छ । त्यसैगरी काठमाडौंको तिलगंगास्थित शम्भु मार्गमा लु २ च १९० को सेन्ट्रो कारमा लुकाई राखेको ५०० र १००० दरको जम्मा एक करोड १९ लाख रुपैयाँ बरामद भएको ब्यूरेले उल्लेख गरेको छ । प्रहरीले उक्त रकमसँगै १५ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट तीनवटा कार समेत बरामद गरिएको छ । उक्त रकम संगठित गिरोहले अबैध तरिकाले अर्थोपार्जन गर्ने उद्देश्यले भारतबाट अवैध तरिकाले भित्र्याइएको प्रहरीको दाबी छ ।