विचार

के महिनावारी पुर्व जन्मको पाप नै हो त ?

राधा गौतम
नारी सुन्दरताका वयानहरु प्रशस्तै सुनिन्छन । ती कतिपय बयान शास्त्रीय कालवाटै गरिँदै आएका छन भने केहि समय परिवर्तन सँग पछिल्लो पटक गर्न थालिएका हुन ।

 

गृह लक्ष्मी,मृग नयनी,धर्ती माता,आधा आकाश जे सुकै भनेपनि नारीलाई समाजका प्रत्येक सदस्यले अन्तर ह«दयवाट हेर्ने दृष्टिकोण विलकुल फरक छ ।
जस्तासुकै पीडालाई दवाएर अप्ठेरो परिबेशमा पनि मुसुक्कै हाँसिदिनुपर्ने बाध्यतामा धेरै नारीहरु आजपनि यहि समाजमा छन ।एकातिर उनीहरु सामु प्राकितिक वा जैविकीय देनका पद्वतीका आधारमा हुने नियमित चक्रले अप्ठेरोमा पर्छन भने घर व्यवहार र व्यवहारिक समस्याले झन धेरै । यी सबै अप्ठेराहरुलाई बाध्यता वा प्रकृतिको उपहार मान्दै आफ्ना कर्तव्यमा नारीलाई हिँडाइरहेको हुन्छ ।

 
उदाहरणका लागि उनीहरु बाल्यकालवाट यौवनकालमा प्रबेश गर्नासाथ रजस्वला पनि एक हो । यस्लाई प्राकृतिक नियम वा नियमित प्रकृया जे सुकै भने पनि प्रारम्भ चरणमा एउटी नारीमा रजस्वलाका समयमा हुने शारिरिक र मानसिक पीडालाई कम आक्नु हुँदैन । त्यो बेला नारीको जीवन संबेदनसिल मात्र होइन खतरामा समेत पर्ने गरेका छन ।

 

रक्तश्राप हुने र पेट दुख्नेसँगै मतिष्कमा तरंग हुने अनेक संका उपसंका र त्रासले डेरा जमाइरहेका बखत कति नारीलाई मनो सामाजिक बिमर्शको आवस्यकता सम्म आवस्यक पर्छ । तर हाम्रो समाजले त्यहि समयमा उनलाई छि छि र दुर दुर मात्र्र गर्दैन उनले खाने थाल वटुका सम्म अलग राख्नुपर्ने,दुध दहि जस्ता तागतिलो वस्तु खानु नहुने,फलफुल छुन नहुने र फलफुल केहि समुदायका महिला पहिलो पटक महिनावारी हुँदा माइतीको मुख हेर्नु नहुने भरसक माइती घरभन्दा अलग बस्नुपर्नेसँगै पश्चिम नेपालमा त छाउपडी गोठमा गएर एक्लै वस्नुपर्दा ज्यान नै गुमाउनु परेका उदाहरण प्रसस्तै छन । रजस्वलालाई नियमित प्रकृया नभएर पुर्व जन्मको पाप हो भन्ने बुझक्कड हरु पनि यहि समाजमा छन । जो नारीकै योनीवाट जन्म लिएका हुन र मरोणप्रान्त उनकै सामिप्यता चाहन्छन ।

 
अब गहिरिएर सोचौं, के साँच्चै रजस्वला पुर्व जन्मको पाप हो ? अनि उनीहरुले यो अवस्थामा माइतीको मुख हेर्न, नहुने,दहि दुध खाँदा पाप लाग्ने,छुट्टै थाल वटुकामा खानुपर्ने,पश्चिमतिर छाउपडी गोठमा बस्नुपर्ने,फलफुल छुँदा झर्ने यी सवै सत्य छन ? यस्मा कति सत्य र कति कपो कल्पित कुरा छन तपाँई हामी जो कोहिले गहिरिएर सोच्ने वा प्रयोग नै गर्ने हो भने पनि पुष्टि हुने विषय छन । कस्ले शुरुवात ग¥र्यो यो नियम ?
सायद मानव बिकासको शुरुवातमा त्यो बेलाका बुझक्कडहरुले जे गरे समय चक्र परिवर्तन हुँदै जाँदा त्यसलाई सस्कारका रुपमा लिइन थाल्यो र अहिले पनि त्यो क्रम जारी छ । महिनावारीका विषयमा गरिने टिप्पणी र त्यो भएका बखत नारीले गर्नु हुने र नहुने नियम बनाइएका बेला र अहिलेको परिवर्तन र बिकासक्रमलाई हेर्ने हो भने त्यहि बेलाको सापेक्षतासँग मात्रै मेल खान्छन ।

 
अहिले मानिसको चेतना र वुझाइको स्तर धेरै अगाडी वढिसक्यो, हामी मानव बाँदरको विकसित रुप हो,प्राचिन युगमा मानिस घरको साटो जंगलका ओढारमा वस्थे,प्रारम्भमा रुखका बोक्राको कपडा वँनाएर लगाँउथे जस्ता इतिहास हामीले सुनेका मात्रै होइन पढेका पनि हौं । मेरो बिचारमा महिलालाई रजस्वला हुँदा त्यो बेला परिवार र समाजले गर्ने व्यवहार त्यहि समयसँग मात्रै सार्थक छ । पितृ सत्ताले जकडेको हाम्रो समाजमा २१ औं सताव्दिसम्म आइपुग्दासम्म सवै क्षेत्रमा पहुँच बनाउन नसकेका महिलाको अवस्था कल्पना गर्ने हो भने पनि उत्तर सहज छ । वास्तवमा रजस्वलाको चौथो दिनसम्म रक्तश्राप धेरै हुने र आराम पनि पर्याप्त चाँहिने भएकाले त्यो समय आराम गर्नुपर्ने कारण बैज्ञानिक छ । समाजका फुइफुट्टा हरुले पछिल्लो समय महिनावारी भएका महिला फोहोरी हुन्छन, उनीहरु भान्छाकोठामा जानु हुँदैन,अलग्गै बस्नुपर्छ भन्ने अर्थ लगाएर महिलाको स्वास्थमाथि खेलवाड मात्रै गरेनन । त्यसलाई नियमकै रुपमा लाद्नसम्म सफल भए ।

 
आङ ढाक्ने एकसरो कपडासम्म नपाउने त्यो वेलाका नारीहरुले आफ्नो सरसफाईमा ध्यान दिनु त्यति चानचुने कुरा थिएन यो वेला जस्तो पर्याप्त कपडा र प्याड हुन्थे त को महिला नछुने भए नभएको सहज अनुमान गर्न सकिन्नथ्यो होला । भनिन्छ पितृ कार्जेमा ७ दिन र देव कार्जेमा ५ दिन रजस्वला वार्नुपर्छ । रजस्वला भएको सातदिनसम्म सामान्यतः रक्तश्राप हुने भएकाले ७ दिन वार्नुपर्ने नियम पनि त्यो वेलाका लागि सान्दर्भिक नै भन्नुपर्छ ।

 
किनभने सरसफाईमा ध्यान नदिँदा मठ मन्दिर र तरकारी टिप्न करेसावारीमै जाँदा पनि रजस्वला भएका महिलाको योनीवाट बग्ने रगत चुहिएर फोहोर हुन्छ भन्ने मान्यता अनुसार त्योे बेलाको सापेक्षतामा ७ दिन बार्न भनियो पछि त्यो नियमका रुपमा परिणत भयो । मासिक श्राप भएका महिलाले फलफुल छोए कुहिन्छ भन्ने भनाई चाँहि तत्थ्यहिन छ । किनभने हाम्रै देश नेपालका केहि समुदायले मासिकश्राप बार्दैनन उनीहरु कृषि पेशामै छन साँच्चै नछुने भएका महिलाले छुँदा फलफुल कुहिन्थ्यो उनीहरुले पनि त बार्थे होलान नि । कोरिया जस्तो कृषि प्रधान मुलुकमा पनि महिनावारी वारिँदैन त्यहाँ धेरै महिला कृषि पेशामा छन । त्यहाँका महिलाले लगाएको फलफुल कुहिन्थ्यो त नेपालवाट समेत महिला कामदार लगेर किन काममा लगाइन्थ्यो ।

 
वास्तवम महिनावारी एउटा सामान्य र नियमित प्रकृया हो । यस्लाई कसैले रोक्न र छेक्न सक्दैन । त्यो वेला रक्तश्राप हुने भएकाले उनीहरुलाई पोषिलो खानेकुरा खानवाट बञ्चित गर्नु भनेको उनीहरुको स्वास्थ माथि खेलवाड गर्नु हो ।
यस्तो बेलामा अध्यारो कोठामा होइन प्रकाशमा वस्ने वातावरण चाहिन्छ । अझै किशोरीहरुमा पहिले पहिले महिनावारी हुँदा पेट दुख्ने समस्यासँगै रक्तश्राप धेरै हुँदा उनीहरुको मनोविज्ञानमा प्रभाव पर्ने भएकाले भरसक आमा दिदी र भाउजुहरुसँगै वस्ने वातावरण हुनुपर्छ तर छाउपडी गोठमा होइन ।

 
यी र यस्ता सामान्य विषयवस्तुलाई ख्याल नगर्दा महिलाहरुले महिनावारी भएकै समयमा एकान्तमा वस्ने,छाउपडी गोठमा रहनुपर्ने र त्यस्तै अवस्थामा वलत्कारको शिकार वन्नुपर्ने जस्ता घट्नामा बृद्वी भएको हो । तसर्थ यस्ता भ्रमलाई चिर्नु आजको आवस्यकता हो ।रजस्वला उमेर पुगेपछि निश्चित उमेर समूहसम्म हुने नियमित प्रकृया हो । यो पुर्व जन्मको पाप भने अवस्य होइन । यदी महिलामा रजस्वला नहुँदो हो त मानव चक्र नै ठप्प हुन्थ्यो ।
प्रतिकृयाका लागि gautam.radha2011@gmail.com