संवाद

एउटी यौनकर्मी महिलाको दर्दनाक कथा,एक रातमा सातजनासम्मले मोज लुटे

नेपाली समाजले पेशा अंगालेकाले मैले मेरो बास्तविक नाम बताउन चाहिन । सजिलोका लागि मैले नाम ‘उमा’ भन्छु । अहिले मेरो उमेर ३८ वर्ष पुग्यो । जिन्दगीमा अनेक हण्डर खाएर यहाँसम्म आए । अझैपनि दुःखले छाडेको छैन । तर दुःख देखाउने काम भने छाडेकी छु ।
अहिलेसम्म चार ओटा विहे व्यहोरे । तर, सबै मेरा श्रीमान बन्न आएको धोकेवाज परे । ४ ओटा पतिका तर्फबाट गरी ८ सन्तानलाई जन्म दिए र दुःखले सबैलाई हुर्काए पनि । अहिले उनीहरू आआफ्नो ठाउँमा गरिखाने भएका छन् । म बुढेशकाल लाग्ने बेलामा एक्लै भएको छु । पतिहरु सबै धेकेवाज भएपछि छोराछोरीलाई पाल्न र हुर्काउन मैले मेरो शरिर वेच्ने काम रोजेकी हु ।
अन्य कुनै शीप नभएकाले ज्यामी काम गर्थे । ज्यामी काम गर्दा आएको पैसा थोरै हुने, बालबच्चा पाल्नै नपुग्ने भएपछि ज्यामी काम गर्दैगर्दा ग्राहक पाएको बेला यौनकर्म पनि गर्न सुरु गरे । बाध्यता भएपछि नराम्रो मानिएको काम पनि गर्नुपर्ने रहेछ ।यहाँसम्म आइपुग्दा मेरो त्यति धेरै ग्राहक छैनन् । एकजना म भन्दा बढी उमेरको र एकजना कम उमेरको दुई नियमित ग्राहक छन् । आवश्यक परे उनीहरू नै फोन गर्छन् । उनीहरूलाई महिनामा चारपटक सन्तुष्ट पार्नुपर्छ ।
एक पटकको भेटमा उनीहरूले पैसा भएको बेला दुई हजार दिन्छन, कहिलेकाहीँ सित्तैमा सेवा गर्नुपर्छ । कहिलेकाहीँ अरू ग्राहक फाट्टफुट्ट भेटिन्छन । तर, सडकमै चिनिने गरी म यौनकर्मीका रूपमा प्रस्तुत हुन चाहन्नँ । छोराछोरी, नातागोताले देखे के भन्लान रु त्यसैले मेरो आफ्नै ग्राहक मिलाइदिने व्यक्ति छन, तिनैमार्फत काम हुन्छ । काठमाडौं बाहिरकी गरिबकी छोरी भएकाले नातागोताले अलि धेरै खेतबारी भएका एउटा काठमाडौंको केटो खोजिदिएछन, धनी भन्ठानेर ।
धनीका छोरासँग बिहे गरे मेरो भविष्य सुखद होला भन्ठानेर रे । बिहेको बेलामा म ११ वर्ष र दुलाहा २७ वर्षका थिए । भारत बसेर आएका उनका भारतमा श्रीमती रहिछन् । बिहेअघि गरिएको सर्त अनुसार मेरो बिहे भएको पाँच वर्षपछि मात्रै केटाको घर जानुपर्ने थियो, तर तीन वर्षपछि नै मैले केटाको घर जानुपर्ने भयो । १४ वर्षको उमेरमा म केटाको घरमा गएँ । केटाले विस्तारै मेरा गहनाहरू माग्न थाले, मैले आज एक जोर भोलि अर्को जोर गर्दै सबै दिएँ । कोठामा के खान्थ्यो कुन्नि गन्हाएर खपिनसक्नु ।
अहिले बुझ्दा ऊ दुर्व्यसनी रहेछ । मेरा गहना त्यसैमा सकेछ । श्रीमानसंग पहिलो यौनसम्बन्धको कुरा गर्दा अहिले पनि कहाली लागेर आउँछ । मलाई आफ्नै पतिले बलात्कार गरे । त्यो १४ वर्षको उमेरमा खपिनसक्नेगरी यौनसम्बन्ध गरेपछि म त बेहोश भएछु । अनि अस्पतालमा पु¥याइएछ । होश आउँदा अस्पतालको बेडमा थिएँ । २२ दिन अस्पताल बस्न र्पयो । मेरो क्षतविक्षत भएको यौनांगमा सिलाइ गर्न र्पयो । त्यसपछि मलाई मेरा नातेदारले माइती र्पुयाए ।
त्यहाँ पुग्दा वाकवाकी लाग्न थाल्यो । रजस्वलाको अनुभव पनि राम्ररी हुन नपाई मेरो पेटमा बच्चा बसिसकेको रहेछ । माइतीलाई र्पयो आपत्ति, उनीहरूले केटाको घरमा र्पुयाइहाले । तर घर फर्कदा मेरो पति भनाउँदाले मेरो पेटमा रहेको बच्चा आफ्नो नभएको बताए तर पनि आक्षेप खेप्दै त्यो घरमा बसेपछि बच्चा जन्मियो । बच्चालाई त बाँसघारीतिर फ्याँकिदिन्छु भन्दै श्रीमान भनाउदाले सुत्केरी अवस्थामा राम्रो खान पनि दिएन । उल्टै अनेक लाञ्छना लगाएपछि बच्चा जन्मिएको तीन सातापछि बच्चा च्यापेर माइती हिँडे । बच्चा पाउने बेलामा पेट पाल्न मैले इँटा भट्टामा ज्यामी काम गर्न र्पयो ।
छोरा तीन वर्षको भएपछि एक्लै डेरामा बस्न थालेको बेलामा फेरी बुवाआमाले अर्को केटा ठिक्क पारिदिएछन् । काठमाडौंबाहिरको पहाडी गाउँको त्यो मान्छेसँग मेरो दोस्रा बिहे भयो । भाग्य नै खोटो खोटो, पतिले मलाई पाल्नु त कता हो कता, ज्यामी काम गरेर महिनाको चार सय आम्दानी हुन्थ्यो । मलाई पाल्न त कता हो कता, उल्टै पैसा पो माग्न थाल्यो । पहिले छोरोमात्रै पाल्नपर्ने मलाई अव बेकामे पति पाल्नुपर्ने भयो । त्यहीबीचमा पेटमा अर्को बच्चा पनि आइहाल्यो ।
बिहे गरेको एक वर्षपछि छोरी जन्मिई, उता छोरीको बाउचाहिँ बेपत्ता भयो । कहिले ६ महिनापछि आउने, कहिले वर्ष दिनमा । आयो, पेटमा बच्चा राख्यो, पैसा माग्यो अनि बेपत्ता भयो । यसै क्रममा पाँच छोराछोरी भए । त्यसै क्रममा एकजना होटलेसंग भेट भयो, नातामा टाढाको सानावुवा पर्ने । मलाई बच्चा पाल्न गाह्रो भइरहेका बेला मेरो हेरविचार गर्ने, गाह्रोसाह्रो पर्दा माया पनि गर्ने, बिहे गरौं पनि भन्ने गर्थे । मचाहिँ बिहे भनेपछि वाक्क भइसकेको थिएँ । मेरा तीनवटा बच्चा थिए, उनलाई भेट्दा । विस्तारै हामी अलि निकट भयौं । बाहिर घुम्न जान थाल्यौं। उनी आफैं गाडी लिएर आउँथे ।
उनीसँग म पोखरा घुम्न गएँ । पहिलोपटक उनीसँग पोखरा घुम्न गएको बेला सम्बन्ध भयो । परपुरुषसँग यौनसम्बन्ध भएको त्यो पहिलोपटक थियो । सम्बन्ध निरन्तर रह्यो । जसले मलाई सहयोग गरे, उनीप्रति म समर्पित हुने नै भएँ । यता आफ्नो पतिचाहिँ बेलाबेलामा आउने । पछि दुईवटा बच्चा भए तर ती दुवै अरू कसैको नभएर मेरो आफ्नै पतिका हुन् । पछि ती पार्टनरको जवान छोरा बितेपछि उनीहरूले काठमाडौं छाडे । हामी टाढियौ ं। मैले अपनाएको पेसाको पहिलो ग्राहक उनै हुन् भन्न र्पयो । पछि एउटा पुलिस आइलाग्यो । एक वर्षसम्म सम्बन्ध भयो । तर, ती परे अलि स्वार्थी । म आफैं टाढिए । आफ्नो पतिसँग त छुटिसकेको थिएँ । स्वाभाविक हो, एउटा जवान महिलामा शारीरिक आवश्यकता हुन्छ ।
तर, मचाहिँ आर्थिक अभावकै कारण यसतर्फ लागेँ । त्यसपछि एक पछि अर्को गर्दै ४ ओटा पति नै बनाएर यौन सम्पर्क गरे । कसैसंग पनि राम्रो घरजम हुन नसकेपछि आफैं खोजीखोजी हिँड्नेभन्दा पनि कसैले प्रस्ताव गरे तयार हुने मेरो बानी प¥यो । त्यसपछि म एउटा धनी परिवारमा लुगा धुने काम गर्न थाले । सायद ती घरधनी आफ्नी श्रीमतीसँग सन्तुष्ट थिएनन् कि १ एक दिन ती घरधनी साहूले भने, ‘म तिमीलाई आवश्यक सहयोग गर्छु । के कसो छ हेर्छु ।’ मैले उनको आशय बुझिहालेँ । आखिर म एक ढंगले यौनपेसामा फसिसकेको थिएँ, अप्ठ्यारो मान्ने कुरै भएन ।
आफूलाई आवश्यक परेको बेला आर्थिक सहयोग गरेकै थिए । आफूलाई सहयोग गर्नेलाई सन्तुष्ट पार्न केको अप्ठ्यारो रु साहुनी बिहानै पसल जाने । उनको घरमा कोही नभएको बेला सुटुक्क हामीबीच सम्बन्ध हुन्थ्यो । पहिलोपटक पुरुषले कन्डम प्रयोग गरेर यौनसम्पर्क गरेको थाहा पाएँ । उनी भन्थे, ’कन्डम प्रयोग गरियो भने रोग लाग्दैन, पेटमा बच्चा बस्दैन ।’ उनलाई महिनामा दुईपटक सन्तुष्ट पार्थे । यस्तै गर्दा गर्दै म पूर्ण रूपले यौन पेसामा आइसकेको थिएँ । बोलाइएको अवस्थामा म होल नाइट पनि जान थालेँ । यता घरमा चाहिँ बच्चाहरूलाई अनेक बहाना बनाउँथे । कहिले अस्पताल जाने भन्नुपर्ने, कहिले नातेदार भेट्न जान्छु भन्नुपर्ने । वास्तवमा म ती बच्चाहरू पाल्नैका लागि पुरुषलाई शारीरिक सन्तुष्टि दिन गइरहेकी थिएँ । पहिलो दिनको होल नाइट सेवा अझै बिर्सेकी छैन मैले ।
एउटा लजमा बिताएकी थिएँ, मैले त्यो रात । पार्टनरलाई चारपटक सन्तुष्ट पारेकी थिएँ । त्यो सेवाबापत मैले एक जोर कपडा र एक हजार दुई सय रुपैयाँ पाएको थिएँ । त्यो राम्रै पारिश्रमिक हो । होल नाइट सेवाको कुरा गर्दा एउटा बिर्सिनसक्नुको रातको घटना छ । एउटा लजमा दुई हजार रुपैयाँ दिने भनेर बोलाएका थिए । सम्पर्कअघि मलाई केही पिउन दिए । सुन्तलाको जुस भन्थे, जे होस् मैले पिएँ । सम्पर्कअघि बिजुली निभाइयो । म केही मातेकी थिएँ, पूरै होशमा थिइनँ ।
उज्यालोपछि मैले पत्ता लगाएँ, मसँग तीनजनाले पालैपालो सम्पर्क गरेका रहेछन् । मलाई एउटा कोठामा राखेर थप दुईजना पल्लो कोठामा बसेका रहेछन, अँध्यारोमा पालैपालो आउँदा रहेछन् । उनीहरूले सातपटक मसँग सम्पर्क गरे । उनीहरूको कर्तुत थाहा भइसकेपछि यसको बदला लिने विचार आयो । ए बाबा, म गरिबीका कारण बाध्य भएर यो पेसामा आएको छु । हेप्न त भएन नि १ त्यसपछि मैले मलाई ‘एकजना मात्रै छु’ भनेर बोलाउनेको सर्ट र प्यान्ट कब्जा गरेँ र, भनेँ, अहिले तिमीहरूलाई पुलिस लगाएर पक्राउँछु । एकजना मात्रै छु भनेर बोलाउने, अनि तीन तीनजनाले मोज गर्ने रु तिमीहरूलाई ठीक लगाउन मैले जानेको छु । उनीहरू डराए। दुई हजारको ठाउँमा ६ हजार रुपैयाँ दिएपछि उनीहरूलाई छाडेँ । मोराहरूले के पिलाएका थिए कुन्नि, भोलिपल्ट पनि कोठामा जान सकिनँ र त्यही लजमा सुतेँ ।
कलेज पढ्ने विद्यार्थीदेखि वृद्धसम्मले मसँग सम्पर्क गर्ने गरेका छन् । ठिटाहरू हामीजस्ता अलि उमेर ढल्केकाको भावना बुझ्दै माया गरेर सन्तुष्टि लिन्छन, लामो समय पनि लगाउँदैनन् । तर, बूढाहरू लामो समय लगाउँछन, उमेरले पनि त्यस्तो भएको होला । कतिपय त थकाइ मारीमारी सक्रिय हुन्छन । यस्तो बेला हामीलाई पनि दिक्क लाग्छ । तर, पैसाको मामिलामा बूढाहरू इमानदार हुन्छन् । पहिले भनेजति नै दिन्छन् । बरु कहिलेकाहीँ त थपी पनि दिन्छन् ।