मोफसल

डाक्टर लोहनी नेतृत्वको राप्रपा पाँचथरमा

फिदिम : राष्ट्रिय प्रजातन्त्र पार्टिको गत फागुनमा सम्पन्न केन्द्रीय महाधिवेशन पश्चात बाहिरिएका डाक्टर प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपाले पाँचथरमा जिल्ला समिति गठन गरेको छ ।
एकिकृत राष्ट्रवादी राप्रपा नाम दिइएको उक्त पार्टिको नव गठित जिल्ला अध्यक्षमा पंडीत गंगाराम भट्टराई चयन हुनु भएको छ ।
समितिको उपाध्यक्षमा होमप्रसाद यवा,सचिव इश्वरी रिजाल,सह सचिव रामकृष्ण ढुंगेल लगायत ११ जना सदस्य रहेको प्रबक्ता मदनकुमार पोखरेलले जानकारी दिनुभयो ।