मोफसल

माओवादी केन्द्रले उमेद्वार छान्यो

फिदिम : माओवादी केन्द्रले फिदिम नगरपालीकाको मेयर र उपमेयर सहित जिल्लाका सात गाँउपालिका मध्ये पाँच गाँउपालिकाको प्रमुख र उपप्रमुख लगायत अधिकांश पदमा उम्मेद्धारको टुंगो लगाएको छ । प्रदेश नं. १ मा चुनावको मिति सरे पनि उम्मेद्धारलाई व्यक्तिगत रुपमा चुनावको तयारी गर्ने समय चाहिने भन्दै माओवादीले उम्मेद्धारको टुंगो लगाएको हो ।
‘उम्मेद्धारको टुंगो नलाग्दा मतदाताहरुमा कसलाई भोट हाल्ने भन्ने अन्योल देखियो,’ माओवादी केन्द्र पाँचथरका जिल्ला संयोजक होम जवेगुले भन्नुभयो ‘मतदाताहरुको अन्योलतालाई हटाउन हामीले उम्मेद्धारको टुंगो लगाएका हौँ, उम्मेद्धारले व्यक्तिगत रुपमा तयारी गर्ने मौका पनि पाउँछन ।’ एक नगरपालीका र सात गाउँपालीका मध्ये पाँच ओटा गाँउपालीकामा माओवादीले उम्मेद्धारको टुंगो लगाएको हो ।
जिल्लाको एक मात्र फिदिम नगरपालीकामा माओवादीले महाधिबेशन आयोजक समिति सदस्य राधाकृष्ण न्यौपानेलाई मेयर पदका लागि उम्मेद्धार बनाएको हो । न्यौपाने लामो समय शिक्षण पेशामा आबद्ध थिए । पेशाबाट अवकास पाएपछि माओवादीको राजनीतिमा न्यौपानेको सक्रियता बढेको हो । उपमेयरका लागि महाधिबेशन आयोजक समिति सदस्य रमुना लकान्द्रि (नेम्बाङ) लाई अघि सारिएको छ । १४ वडामध्ये १० ओटा वडाका लागि वडाध्यक्षका उम्मेद्धारको पनि माओवादीले टुंगो लागाइसेको छ । फिदिम नगरपालीकामा जम्मा २७ हजार चार सय ११ मतदाता छन् । नगरपालीकाको मेयरका लागि काँग्रेस, एमाले र माओवादी केन्द्रको त्रिपक्षिय प्रतिस्पर्धा हुन् अधिकांशको अनुमान छ ।
याङवरक र हिलिहाङ गाँउपालीकामा उम्मेद्धारको टुंगो लगाउन बाँकी रहेको माओवादीले जनाएको छ । उम्मेद्धारका आकांक्षिहरु धेरै भएपछि दुई गाँउपालीकामा उम्मेद्धारको टुंगो लगाउन केही समय लाग्ने जवेगुले बताउुनभयो । फालेलुङ, फाल्गुनन्द, मिक्लाजोङ, तुम्बेवा र कुम्मायक गाँउपालीकाको प्रमखमा क्रमश ः महेन्द्र जवेगु (फुङनिमा) ठाकुरसिंह नेम्बाङ, अमरराज माखिम, देवेख्द्र खत्रि र अमरसिंह थापालाई गाँउपालीकाको प्रमुखका लागि उम्मेद्धार बनाएको हो । माओवादीले गाँउपालीकाको उपप्रमुख र वडाध्यक्ष लागायत सदस्यहरुमा पनि उम्मेद्धारको टुंगो लागाइसकेको छ । जनताले रुचाएको मान्छेलाई आफ्नो पार्टिले उम्मेद्धार बनाएको माओवादीको भनाई छ ।
आफ्नो दलको तर्फबाट उम्मेद्धारको टुंगो लगाए पनि अन्य दलसँग सहकार्य हुने भए लचिलो हुने माओवादीले जनाएको छ । ‘बर्तमान सरकार नै सहकार्यको भएकाले स्थानीय स्तरमा पनि अन्य दलसँग सहकार्य गर्न माआवादी तयार छ,’ जवेगुले भन्नुभयो ‘स्थानीय स्तरमा जुन दलसँग सहकार्य गर्न अनुकुल हुन्छ त्यहि दलसँग सहकार्य गर्ने माओवादीको तयारी रहेको छ ।’