फिचर

अस्पतालको जेनेटर कक्षमा वेवारिसे विरामीको कन्तबिजोग

भिमकुमार बाँस्कोटा

फिदिम : जिल्ला अस्पताल पाँचथरको जेनेरेटर राख्ने कोठाको चिसो भुइमा लामो समयदेखि आफ्नै दिशा पिसाबमा लुटुपुटिएर एक वेवारिसे विरामि जिवन र मरणको दोसाधमा छटपटिरहेका छन् । अन्दाजी १८ बर्ष पुगेका यी विरामीको दुवै खुट्टा डढेका छन् । बोली नआउने र हिड्न नसक्ने भएकाले विरामिको पहिचान खुल्न सकेको छैन ।

 
रबी स्वास्थ्य चौकी र इलाका प्रहरी कार्यालय रबीले विरामिलाइ पाँचथर अस्पताल पठाएको अस्पतालको सुरक्षार्थ खटिएका प्रहरी हवाल्दार राजकुमार कार्किले जानकारी दिनुभयो । कार्किका अनुसार चैत्र २५ गते ति विरामि पाँचथर अस्पताल ल्याइएको थियो । ‘रबिका एक व्यक्तिले अस्पतालमा ल्याएर विरामी छाडेर गएका हुन्,’ कार्किले भन्नुभयो ‘बिरामिको बारेमा थप जानकारी प्राप्त भएको छैन् ।’

 
विरामीको दुवै खट्टा डढेका छन् । बोली नआउने, हिड्न नसक्ने यी बिरामीको हेरचाह गर्ने आफन्त नभएपछि अस्पतालको चिसो भँुइमा १३ दिनदेखि छटपटिरहेका छन् । हिड्न नसक्ने भएपछि सुतेकै ठाँउमा विरामीले दिसा पिसाव गर्छन् । विरामीको सरसफाइ गरिदिन मान्छे नभपछि उनी फोहोरमैलामा लुटुपुटिएका हुन् । उनको शरिरभरि झिँगा भन्किएका देखिन्छन ।उनको शरिरभरि फोहोर दलिएको छ । उनलाइ सुताएको कोठा दुर्गन्धले भरिएको छ ।
विरामी अस्पताल ल्याईपछि तीन दिनसम्म आकस्मिक कक्षमा राखेर उपचार गराईको अस्पतालका निमित्त प्रमखु डाक्टर भूपाल श्रेष्ठले जानकारी दिनुभयो । ‘आकस्मिक कक्षमै फोहोर मैला गर्न थालेपछि विरामीलाइ सारिएको हो,’ श्रेष्ठले भन्नुभयो ‘विरामीको उपचार भइरहेको छ । खानको लागि क्यान्टिनबाट ल्याएर खाना खुवाउने व्यवस्था मिलाइएको छ । उनको सरसफाइ गरिदिन मान्छे नभएकाले समस्या भएको हो ।’

 
विरामीले अलि अलि खाना खान्छन् । खाएकै ठाँउमा दिसा पिसाव गर्छन् । डढेको खुटाहरुको पत्र पत्र उक्किन थालेका छ । ‘डढेको घाउ चाँहि पहिलेभन्दा सुधार भएको छ ।’ श्रेष्ठले भन्नुभयो ‘घाउ निको हुन्छ ।’ विरामीले घाउ कोट्याएर पाप्रा उक्काउने गरेका छन् । अलि अलि टाउँको सम्म उठाउ सक्ने ति विरामी सुताएको कोठाको दुर्गन्धले अरु मान्छेहरुले नाक मुख थुनेर हिड्न थालेका छन् । ‘बिहान बेलुका दिशा सफा गरिदिन गरिएको छ,’ श्रेष्ठले भन्नुभयो ‘छिनछिनमा दिशा गर्ने भएकाले दुर्गन्ध फैलिएको हो ।’

रेडियो मितेरी Live

error: Content is protected !!