फिचर

पाँचथरका सगरमाथा आरोहि सुशिल सेर्माका गाइड हिम पहिरोमा

पाँचथरका प्रथम सगरमाथा आरोहि सुशिलले सेर्माको आरोहण दलमा गएका २ जना गाइडरहरु हिम पहिरोमा परी गम्भिर घाइते भएका छन ।
सोमबार बिहान साढे २ वजे सगरमाथा आधार शिविर भन्दा माथि खुम्बु ग्ल्यासियरमा गएको हिम पहिरोमा पुरिएर अरुणटेक कम्पनीका गाइडद्वय आङफुर्बा सेर्पा र निमा शेर्पा घाइते भएका हुन । हिम पहिरो गएको स्थान ६ हजार मिटरको उचाईमा अवस्थित छ ।
उनीहरुलाई काठमाण्डौवाट गएको हेलिकोप्टरले उद्वार गरेको छ । सेर्पाद्वयको काठमाण्डौ स्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको सेर्माले जानकारी दिनुभयो । आरोहण दलमा सहभागीहरुलाई अक्सिजन लिएर जाँदै गर्दा उनीहरु हिम पहिरोमा पुरिएको बताइएको छ ।

रेडियो मितेरी Live

error: Content is protected !!