मोफसल

मितेरी क्विजमा चैत महिनाका विजेतालाई रेडियो

 

स्रोताको बौद्विक विकासमा टेवा पु¥याउने उदेस्य अनुसार रेडियो मितेरीले शुरु गरेको मितेरी डेली क्विजको चैत महिनाकी बिजेतालाई आज उपहार स्वरुप रेडियो हस्तान्तरण गरिएको छ ।

पाँचथरको हिलिहाङ गाँउ पालिका स्थित अमरपुर उच्च मावि अमरपुर कक्षा १० मा अध्ययनरत सुष्मा भण्डारीलाई उपहार स्वरुप रेडियो हस्तान्तरण गरिएको हो ।

भण्डारीकी अविभावक पाँचथर बिना तुम्वापोले भण्डारीको रेडियो बुझेकी हुन । तुम्वापोलाई रेडियो मितेरीका अध्यक्ष लक्ष्मी गौतमले रेडियो हस्तान्तरण गरे । स्रोताहरुको वौद्विक विकासमा टेवा पु¥याउने उदेस्यले रेडियो मितेरीले शुरु गरेको मितेरी डेली क्विजका विजेताका लागि तेह«थुम ओयाक्जुङ घर भइ हाल इजरायलमा कार्यरत देव वास्कोटाले रेडियो प्रायोजन गरेका हुन । वास्कोटा तीनजुरे मिडिया ग्रुपका अध्यक्ष पनि हुन ।