मोफसल

लायन्स क्लवद्वारा शैक्षिक सामाग्री वितरण

फिदिम : लायन्स क्लव अफ पाँचथरले फिदिम ५ स्थित सिंहदेवि आधारभूत विद्यालयका ६० जना वालवालिकाहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।

सामाग्री पाएपछि कक्षा ५ मा अध्ययनरत अप्सरा राई, गणेश श्रेष्ठ खुशिले दंग थिए । उनिहरु संगै विद्यालयमा उपस्थित भएका अभिभावकहरु समेत खुशि थिए । आइतवार विद्यालयमा आयोजीत एक कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्रकुमार केरुङको प्रमुख अतिथ्यतामा शैक्षिक सामाग्रीहरु वितरण गरीएको हो ।

आर्थिक रुपमा विपन्न समुदायका वालवालिकाहरुलाई लक्षित गरी वितरीत शैक्षिक सामाग्रीहरुमा विद्यालय पोशाख,कपि डटपेन लगायतका सामाग्रीहरु भएको क्लवका सचिव नवराज घिमिरेले वताए । शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि केरुङ,लायन्स क्लव अफ पाँचथरका अध्यक्ष तथा पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष मित्रप्रसाद काफ्ले, नेपाल पत्रकार महाँसंघका पूर्व अध्यक्ष लेखनाथ खतिवडा ,क्लवका सचिव नवराज घिमिरे, नेविसंघका पूर्व केन्द्रिय सदस्य धनराज तुम्वापो,नेपाली कांग्रेसका जिल्ला सदस्य पूर्ण तुम्वापो,एमालेका लिला ढुंगेल,संघिय लिम्वुवान पार्टी नेपालका जिवन तुम्वापो,स्थानिय विष्णु पौडेल लगायतले वोलेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विचारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमल अर्यालले स्वागत गरेका थिए । पाँचथर जिल्लामा स्थापित क्लवले यस अगाडि पनि विभिन्न सामाजीक काम गर्दै आएको छ ।