मोफसल

वाल अधिकार अनुगमन समिति

पाँचथर : पाँचथर जिल्लामा आसन्न स्थानिय तहको निर्वाचनमा हुन सक्ने बालबालिकाको प्रयोग रोक्न प्रभावकारी अनुगमन संयन्त्र तयार गरीएको छ ।

 

जिल्ला वाल कल्याण समितिको विहिवारको भेलाले महिला विकास अधिकृत निर्मला मिश्र संयोजक रहेको ९ सदश्यिय स्थानिय निर्वाचन वाल अधिकार अनुगमन समिति गठन गरेको हो । समितिका सदस्यहरुमा मानव अधिकार संजाल तथा शान्ति कार्य समूहका अध्यक्ष तथा संचारकर्मी लेखनाथ खतिवडा, हुकोडेक नेपालका अध्यक्ष प्रेम ओझा, सिड नेपालका सचिव टिका राई, पत्रकार महाँसंघका अध्यक्ष लवदेव ढुंगाना, गैर सरकारी संस्था महाँसंघका सदस्य नविन ढुंगेल, जनउध्दार संघकी सदस्य लक्ष्मी सुहाङ, वालक्लव संजालकी सदस्य सुनिता न्यौपाने र वार इकाइ पाँचथरका प्रतिनिधि समेत सम्मिलित समिति गठन भएको अनुगमन समिति संयोजक एवं महिला विकास अधिकृत मिश्रले बताइन् ।
समितिले निर्वाचनमा बालबालिकाको प्रयोग भए सुरुमा सम्बन्धित दल वा प्रतिनिधिलाई सचेत गराउने समेत जनाएको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला वालकल्याण समितिका संयोजक विनोद खड्काको अध्यक्षतामा सम्पन्न भेलाले वाल अधिकारको अनुगमनलाई प्रभावकारी ढंगवाट संचालन गर्ने निर्णय समेत गरको छ ।
यस अगाडि पनि जिल्ला स्थित वाल अधिकारको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुको भेलाले अधिकारकर्मी तथा संचारकर्मी लेखनाथ खतिवडा संयोजक रहेको वालवालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान अभियान अन्तर्गत १० सदश्यिय समिति गठन भइ कार्य गर्दै आएको छ ।