राजनीति

चुनाबलाई मर्यादित बनाउन सर्बदलिय संयन्त्रको बैठक

स्थानिय निकायको निर्वाचन नजिकिदै जाँदा पाँचथरका राजनितीक दलहरुले सर्बदलिय बैठक सम्पन्न गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलका नेताहरुले चुनावलाई मर्यादित, भयरहित र स्वच्ध बनाउने प्रण गरेका हुन् ।
दलहरुले निर्वाचन कार्यालयलाई जानकारी गराएर मात्र कार्यक्रम गर्ने, सहकार्य गर्ने, निर्वाचन आचारसंहिता पालना गर्ने, मतदातालाई शिक्षित गर्ने तथा मतदाता परिचयपत्र हुनेलाइ मात्र मतदान गर्न दिने लगायतका विषयमा दलहरुले प्रतिवद्धता जनाएको जिल्ला निर्वाचन अधिकारी ध्रुबकुमार राईले जानकारी दिए ।