मोफसल

युएसए पेस्तोलसहित २ जना पक्राउ

सुनसरी : सुनसरीको ईटहरी उप-महानगरपालिका १७ कान्छीचौकबाट प्रहरीले  शनिबार दिउँसो अमेरिकन पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा मोरङ सुन्दर-दुलारी नगरपालिका-६ बस्ने ३३ वर्षिय प्रेम कुमार राई  र  ईटहरी उप-महानगरपालिका-६ बस्ने २५ वर्षिय अमित सिंह रहेका छन्।

 

उनिहरुको साथबाट प्रहरीले यू.एस.ए. ७.६५ एमएम लेखिएको पेस्तोल एक थान, ३ राउण्ड गोली लोड भएको म्यागजिन एक थान र  खाली म्यागजिन एक थान बरामद गरेको छ।

 

बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले  को २८ प ५७७० नम्बरको मोटरसाईकलमा सवार उनिहरुलाई शंकालागी चेकजाँच गर्ने क्रममा उक्त पेस्तोल फेलापारी नियन्त्रणमा लिईएको हो।

पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय पकलीमा राखि थप अनुसन्धान भईरहेको छ।

 

 

error: Content is protected !!