फिचर

पाँचथर गोल्ड कपको उपाधी विर्ता युथ झापालाई

फिदिम : पाँचथरको फिदिममा आयोजित प्रथम पाँचथर गोल्डकपको उपाधी बिर्ता युनाइटेड क्लव झापाले हात पारेको छ । फिदिम उच्च माविको खेल मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा प्रतिश्पर्धी एपिएफ दमकलाई ट्राइवेकरमा २–४ गोल अन्तरले हराँउदै विर्ता युथले उपाधी हात पारेको छ ।निर्धारित समयमा दुवै टिमले ०–० को वरावरीमा खेलेपछि ट्राइवेकरका आधारमा निर्णय गरिएको थियो ।
ट्राइवेकरमा विर्ता युथका तर्फवाट बिशाल राई,वुद्व चेम्जोङ,राजन श्रेष्ठ र विकी चौधरीले १–१ गोल गरे भने एफिएफका तर्फवाट वुद्वराज राई र सुसिल राईले १–१ गोल गरे । प्रतियोगिताको विजेता टिमले एकलाख पचास हजार नगद सहित पुरस्कार,ट्रफि,मेडल र प्रमाण–पत्र तथा द्वीतीय हुने टिमले नगद एकलाख सहित ट्रफि मेडल र प्रमाण–पत्र हात पारेका छन ।
खेलमा विर्ता युथका विशाल राईलाई हाइ स्कोरर,एपिएफका सुसिल राईलाई म्यान अफ दि म्याच,विर्ता युथका दिनेश थापालाई वेष्ट गोल किपर र एपिएफका वुद्वीमान राईलाई वेष्ट फरवार्डको उपाधीले पुरस्कृत गरिएको थियो ।
विजेता टिम र खेलाडीलाई पुर्व मन्त्री पूर्णकुमार शेर्मा र पाँचथरका प्रमूख जिल्ला अधिकारी बिनोदकुमार खड्काले पुरस्कार ट्रफि र प्रमाण पत्र प्रदान गरे । प्रतियोगिता पाँचथर क्लव फिदिमले आयोजना गरेको हो । बैशाख २ गतेदेखि शुरु भएको प्रतियोगितामा ८ टिम सहभागी थिए ।