खेलकुद

पाँचथर गोल्डकपको फाइनलमा एपीएफ पूर्वाञ्चल र झापा भिड्ने

फिदिम : पाँचथरको फिदिममा जारी प्रथम पाँचथर गोल्डकपको फाइनलमा झापा र एपिएफले भेट पक्का गरेका छन् ।

 

हिजो भएको पहिलो सेमिफाइनलबाट डिएफसी मोरङलाई हराउदै सशस्त्र प्रहरीको पूर्वाञ्चल टोलीले फाइनलको यात्रा तय गरेको थियो भने आजको खेलमा रेडहर्स इलामलाई १ का विरुद्ध २ गोल गर्दै विर्ता यु्नाइटेड झापा विजयी बनेको हो ।
खेलमा झापाका तर्फवाट बिशाल राई र योगेश गुरुङले १–१ गोल गरेभने इलामका मनिष थापाले १ गोल गरे । खेलको फाइलन भने बैसाख ९ गते हुनेछ ।

 
गत बैसाख २ गते बाट जिल्लामा सञ्चालन भैरहेको प्रथम पाँचथर गोल्डकपको विजेताले नगद १ लाख ५० हजार सहित ट्रफि तथा उपविजेताले नगद १ लाख सहित ट्रफि प्राप्त गर्ने आयोजक पाँचथर क्लबका सचिव योगराज सेढाइले जानकारी दिए ।  आमन्त्रण गोल्डकप प्रतियोगीतामा कुल ८ टिमको सहभागीता रहेको थियो ।