फिचर

विद्यार्थीलाई शैक्षिक सामग्री

फिदिम : पाँचथरको हिलिहाङ गाँउ पालिका वडा नम्वर ५ मा सञ्चालित मृदुंगा झरना आधारभुत विद्यालयमा अध्ययनरत ११ जना छात्रछात्रालाई विहिवार शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।
फिदिम स्थित जनसेवा समाजको संयोजनमा विद्यार्थीलाई शैक्षिक सामग्री उपलव्ध गराइएको हो । विद्यार्थीलाई दिइएको सामग्रीमा एक–एक सेट विद्यालय पोशाक,जुत्ता,मोजा,कपि र डटपेन छन । विद्यालय परिषरमा आयोजित एक समारोहमा फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष गजाधर भट्टराईले प्रमूख अतिथिको आसनवाट छात्र–छात्रालाई सामग्री वितरण गरेका थिए ।
जनसेवा समाजले विभिन्न दातृ निकाय र व्यक्तिसँग सहकार्य गर्दै जिल्लाका असहाय,विपन्न र फरक क्षमता भएका विद्यार्थी र सर्वसाधारणलाई जिन्सी सहयोग गर्दै आएको छ । यसपटक सडक डिभिजन कार्यालय इलामका इञ्जिनियर गणेश निरौलाले विद्यार्थीका लागि सामग्री उपलव्ध गराएको जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए । पाँचथर जिविसका पुर्व सदस्य हरिप्रसाद ओझा,समाजसेवी दुर्गाप्रसाद ओझा,सुरेन्द्र सुहाङ,निलगिरी उच्च माविका प्राचार्य होम खनाल लगायतले बोलेका थिए ।