फिचर

संघीय गठवन्धन चुनाब बिथोल्ने रणनीतिमा

फिदिम : पुर्वी नेपालमा कृयासिल संघीय लिम्बुवान पार्टि मञ्च र संघीय लिम्बुवान पार्टि लगायतका गठबन्धले बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन बिथोल्ने चेतावनी दिएका छन ।
उनीहरुले निर्वाचन बिथोल्ने भन्दै बैशाख ५ देखि ३१ गतेसम्म वि–भिन्न चरणका आन्दोलन घोषणा गरेका छन । आन्दोलनको पहिलो चरणमा उनीहरुले पाँचथर सहित पुर्वी नेपालका वि–भिन्न स्थानमा मसाल जुलुस निकाले । यस्तै बैशाख ७ गते सिटि र लाठी जुलुस सहित प्रदर्शन १२ गते सवै नगर र गाँउ पालिकाका निर्वाचन कार्यालयमा तालावन्दी,१४ देखि १६ गतेसम्म आम हड्ताल र १६ गते नेपाल बन्द, तथा बैशाख २६ देखि अनिश्चित कालिन आम हड्ताल गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेका छन ।
स्थानीय तह निर्वाचनको नभएर निर्वाचन प्रकृयाको बिरोधमा आफुहरु सडकमा उत्रेको लिम्वुवान मञ्च नेपाल पाँचथरका अध्यक्ष सागर केरुङले वताए । संघीय संरचना अनुसार प्रादेसिक संरचना निर्माण गरी प्रदेश सभावाटै स्थानीय तह निर्वाचन गराइनु पर्नेमा केन्द्रीय सरकारले नै निर्वाचन गराउन खोज्नु गलत भएको उनको दावी छ ।
निर्वाचन प्रकृयाप्रति असहमति जनाँउदै शुरु गरिएको आन्दोलनमा संघीय लोकतान्त्रिक मञ्च,लिम्वुवान मञ्च नेपाल,संघीय लिम्वुवान पार्टि,संघीय समाजजादी फोरम,नयाँ शक्ति पार्टि र नेकपा –माओवादीले संयुक्त मोर्चा बनाएर आन्दोलन थालेका हुन । आन्दोलनकारी दलहरुले गठन गरेको मोर्चालाई संघीय गठवन्धन भनिएको छ ।

error: Content is protected !!