खेलकुद

पुरुष फुटवलको उपाधि लुम्फावुङलाई

दिपक दुलाल : पाँचथरको नवमीडाँडामा सन्चालित नकआउट पुरुष फुटबल प्रतियोगिताको उपाधि LWF लुम्फाबुङले हात पारेको छ।
नयाँ वर्षको अवसरमा उम्लाबुङ खेलकुद परिषद नवमीडाँडाले आयोजना गरेको फुटबल प्रतियोगिताको आज भएको फाइनल खेलमा जुनतारा युवाक्लव लुम्फाबुङलाइ ३—०ले पाखा लगाउदै LWF उपाधी जितेको हो।
बिजेता बनेसँगै LWF ले नगद ५०हजारसहित ट्रफि,मेडल र प्रमाणपत्र हात पारेको छ भने र फाइनलमा पराजय भए सँगै उपबिजेता बनेको जुनताराले नगद ३० हजार सहित ट्रफि,मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । गत २०७३ चैत्र २९ गतेदेखि सिद्धदेवी मावि नवमीडाँडाको खेलमैदानमा सञ्चालित फुट्बल प्रतियोगितामा पाँचथर र इलामका गरी १६ टिमको सहभागिता रहेको थियो।
प्रतियोगिताका विजेता र उपबिजेता टिमलाइ एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको थियो। कार्यक्रम उम्लाबुङ खेलकुद परिषदका अध्यक्ष कुबेर आङदेम्बेको अध्यक्षतामा सम्पन्न भएको हो

error: Content is protected !!