मोफसल

नेपालमै पहिलो पटक चौंरी महोत्सव

फिदिम : दुर्लभ बन्दै गएको चौंरी पालन व्यवसायको पर्वधन गर्ने उदेस्यले पाँचथरको प्राङवुङमा शुक्रवार प्रथम चौंरी पर्या–पर्यटन महोत्सव आयोजना गरिएको छ ।
पाँचथरको फालेलुङ गाँउ पालिकाका चौरी पालक कृषकहरुको अगुवाइ नव वर्ष २०७४ को अवसर पारी महोत्सव आयोजना गरिएको हो । पाँचथर,सिक्किम र वेष्ट वंगालको सिमाना नजिकै चारराते भन्ने स्थानमा आयोजना गरिएको महोत्सवलाई “चौरी पर्या पर्यटन महोत्सव” नाम दिइएको छ । उक्त कार्यक्रमको राष्ट्रिय योजना आयोगका सदस्य प्रभु वुडाथोकी र पाँचथरका प्रमूख जिल्ला अधिकारी विनोदकुमार खड्डकाले जोर झण्डा फहराएर गरे । प्राङवुङ स्थित सुर्केथाम दुग्ध सहकारी र शिखरगुम सामुदायिक बन उपभोक्ता समिति लगायतका एक दर्जन अधिक सस्थाले सहजिकरण गरेका थिए ।
महोत्सव सम्पन्न गर्न जिल्ला वन कार्यालय पाँचथर,जिल्ला समन्वय समिति, इसिमोड नेपाल, फालेलुङ गाँउ पालिका जिल्ला पशु सेवा कार्यालय लगायतका सरोकारवालाले सहयोग गर्ने महोत्सव सम्पन्न गर्न करिब आठ लाख रुपैंयाको लागत अनुमान गरिएको आयोजक सस्थाले जनाएका छन । ३ हजार ५ सय ६० मिटर उचाइमा अवस्थित महोत्सव आयोजना स्थल नेपाल,भारतको वेट बंगाल र सिक्किमको सिमाना नजिकै पर्छ ।
महोत्सवमा पाँचथर सहित पुर्वी नेपालका पाँचथर,ताप्लेजुङ,इलाम,झापा हुँदै काठमाण्डौ सहित भारतको सिक्किम र दार्जिलिङका वासिन्दा,पर्यटन व्यवसायी र सर्वसाधारण गरी एक हजार अधिकको उपस्थिति रहेको छ ।
महोत्सवमा पाँचसय अधिक याक र चौरीसँगै ,चौंरी पालन व्यवसायलाई आधुनिकिकरण गर्न ज्ञान र सिपको आदान प्रदान सहित चौंरीको दुधवाट निर्मित परिकार,तथा रौं छाला आदीवाट निर्मित सामग्री तथा चौंरीको जीवन चक्रका विषयमा जानकारीमुलक सामग्री प्रदर्सनीमा राखिएको छ ।

महोत्सवको प्रत्यक्ष प्रसारण रेडियो मितेरीवाट भइरहेको छ ।