राजनीति

तरुणदलको शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न

मितेरी समाचार
पाँचथर
नेपाल तरुणदलले नयाँ बर्ष २०७४ को शुभकामना आदान प्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल तरुणदल जिल्ला कार्यसमिति पाँचथरले कार्यक्रमको आयोजना गरेको हो । तरुणदलका जिल्ला अध्यक्ष सुमन लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसका पाँचथरका सभापती नरेन्द्रकुमार केरुङ, विषेश अतिथी पार्टीका सचिव द्धय रुपनारायण जवेगु र बृजहाङ आङदेम्बे, कोषाध्यक्ष जयकुमार ढकाल, जिल्ला सदस्य आशा आङदेम्बे, यूवा नेता धनकुमार लावती तथा क्षेत्रिय सभापती समर ब. अधिकारी लगायतले शुभकामना मन्तब्य राखेका थिए । सोही अवसरमा तरुणदल पाँचथरले नयाँ बर्ष २०७४ को क्यालेण्डर समेत विमोचन गरेको थियो ।