फिचर

पचहत्तर हजार रुपैंया बराबरको सिक्किमे रक्सि नष्ट

फिदिम : जिल्ला प्रहरी कार्यालय पाँचथरले जिल्लाका वि–भिन्न स्थानवाट बरामद गरेको एक सय १६ बोत्तल सिक्किमे रक्सि नष्ट गरेको छ । स्थानीय बजार मुल्य अनुसार नष्ट गरिएको रक्सिको मुल्य ७५ हजार ४ सय रुपैंया पर्ने प्रहरीको दावी छ ।
प्रहरीले गस्तीका क्रममा जिल्लाको फालेलुङ र याङवरक गाँउ पालिका अन्तरगतका विभिन्न बजारवाट पक्राउ गरेको यत्तिको परिमाणको रक्सि वुधवार नष्ट गरेको छ । प्रहरीले आफ्नै कार्यालय परिषरमा उक्त रक्सि नष्ट गरेको हो ।
कानुनी दृष्टिकोणले सिक्कमे रक्सी नेपाली बजारमा बिक्री गर्न मिल्दैन ।

 

भारतको वेष्ट वंगाल र सिक्किमसँग सिमाना जोडिएका प्राङवुङ,सिदिन,मेमेङ र च्याङथापु लगायतका बजारमा गैर कानुनी ढंगवाट भित्¥याउने क्रममा प्रहरीको गस्तीले विभिन्न मितिमा बरामद गरेको रक्सि प्रहरी परिषरमा नष्ट गरिएको पाँचथरका प्रहरी प्रमूख नकुल पोखरेलले जानकारी दिए । स्थानीय वजारमा उक्त रक्सिको मुल्य प्रतिबोत्तल पर्छ ६ सय ५० रुपैंया पर्छ ।