मोफसल

लागूऔषधसहित दुई जना पक्राउ

प्रहरीले सुनसरीको ईटहरी उप-महानगरपालिका ६ बाट मंगलबार दिउँसो लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा सप्तरी प्रसवनी १ बस्ने ३९ बर्षिय झोलाई चौधरी र सुनसरी ईटहरी ४ बस्ने ३५ बर्षिय प्रमोद ठाकुर रहेका छन्।

 

उनीहरुको साथबाट प्रहरीले लागूऔषध कोरेक्स ९४ बोतल, नाईट्रोसन ट्याब्लेट १ सय ५० एम्पुल, स्पास्मोप्रोक्सिवन ट्याब्लेट ५ सय ७६ एम्पुल तथा नगद १ लाख १४ हजार रुपैँया समेत बरामद गरेको छ।

 

लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको टोलीले को ५ प २०६७ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई शंकालागी चेकजाँच गर्ने क्रममा सो परिमाणको लागूऔषध फेला पारी नियन्त्रणमा लिईएको हो।

 

पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखि थप अनुसन्धान भईरहेको ब्यूरोका प्रमुख प्रहरी निरीक्षक राकेश कुमार पोदारले जानकारी दिनुभयो।