मोफसल

निर्वाचन  सुरक्षा सम्बन्धी दुई दिने प्रशिक्षण तालिम

बिराटनगर : आगामी बैशाख ३१ गते हुन गई रहेको स्थानीय तह निर्वाचनमा खटिने प्रहरीकालागी निर्वाचन  सुरक्षा विषयक दुई दिने प्रशिक्षण तालिम आज पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक बिध्यानन्द माझीको प्रमुख आतिथ्यतामा समुद्घाटन भएको छ।

 

पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरको तत्वाधानमा क्षेत्रीय प्रहरी तालिम केन्द्रको सभाहलमा संचालन भएको सो प्रशिक्षणमा पूर्वाञ्चलका बिभिन्न कार्यालयहरुमा कार्यरत ४४ जना प्रहरी अधिकृतहरु सहभागी रहेका छन।

 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी उपरीक्षक माझीले बैशाख ३१ हुन गई रहेको स्थानीय तहको निर्वाचनलाई भयरहित र शान्तपूर्ण वातावरणमा सम्पन्न गर्न प्रशिक्षण लाभदायक हुने कुरामा आफू बिश्वस्त रहेको बताउनु भयो ।

 

तालिम पश्चात सहभागीहरुले आ-आफ्नो कार्यालय तथा मातहतमा कार्यरत  सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई  सोही अनुसार प्रशिक्षण दिने लक्ष्य रहेको समेत प्रहरी उपरीक्षक माझीले बताउनु भयो। ।

 

 

error: Content is protected !!