मोफसल

आगलागीमा आठ घर खरानी

पाँचथरको हिलिहाङ गाँउ पालिका ७ स्थित सुभाङ २ मा जंगलवाट सल्केको आगो वस्तीमा पस्दा ८ घर जलेका छन । आगलागीका कारण स्थानीय इन्द्रवहादुर पन्दाक र मदन चाँपागाईका सहित ८ घर जलेको घट्नास्थलमा रहेका पाँचथरका प्रहरी नायव उपरिक्षक नकुल पोखरेलले जानकारी दिए ।
वस्ती पुछारमा रहेको तमोर नदी गड्तीरवाट सल्केको आगो गाँउमा पस्दा ८ घर सहित स्थानीयका ४ वटा ग्वाली समेत जलेका छन । सोमवार तमोर गडतीरको जंगलमा सल्केको आगो नियन्त्रण नहुदा  वस्तीमा पसेर यत्तिको क्षति गरेको हो । आगो के कसरी लाग्यो यकिन नभएको तथा सदरमुकामवाट खटेका ससस्त्र प्रहरी र स्थानीयले नियन्त्रणको प्रयास गरिरहेको वताइएको छ ।