विचार

राष्ट्रिय जेष्ठ नागरिकको अभियान : डिप्रेशनबारे कुरा गरौँ

SAMSUNG CAMERA PICTURES

राष्ट्रिय जेष्ठ नागरिक महासंघले विश्व स्वास्थ्य दिवसको अबसर पारेर डिप्रेशनबारे कुरा गरौ अभियान सुरु गरेको छ ।

अभियान अन्र्तगत आज काठमाडौमा कार्यशालाको आयोजना गरिएको थियो । कार्यशालामा मनोचिकित्सक रचना शर्माले डिप्रेशनका विरामीमा पुरुष भन्दा महिलाको संख्या ४ गुणा बढी हुने बताउनुभयो ।

उहाँले कतिपय महिलाहरुले वच्चा जन्माएपछि आफ्नो महत्व घटेको अनुभव गर्नेकारणले पनि डिप्रेशनको अवस्थामा पुग्ने उल्लेख गर्नुभयो । नेपालमा मनोचिकित्सकको संख्या एकदमै कम रहेको प्रंशग उल्लेख गर्दै तीन करोड जनसंख्या भएको देशमा जम्मा १ सय चिकित्सकहरु मात्रै रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा जेष्ठ नागरिक महासंघका पूर्व अध्यक्ष डा। गौरी शंकर लाल दासले जेष्ठ नागरिकहरुमा पनि यसको समस्या रहेको उल्लेख गर्नुभयो । जेष्ठ नागरिकलाई सरकारले नै वेवास्ता गरेको आरोप लगाउनुभएको थियो । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आफूहरुको ९ वटा क्षेत्रिय कार्यालयहरु रहेको बताउँदै ती कार्यालयहरुबाट डिप्रेशनको विषयमा जनचेतना जाउने अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यसकालागि राष्ट्रिय जेष्ठ नागरिक महासंघलाई पहल गर्न आग्रह पनि गर्नुभए महासचिब छत्रबहादुर प्रधानले जानकारी दिनुभयो ।

error: Content is protected !!