मोफसल

सेवाग्राहिसँग संक्रानतीका हाकिमहरु तर्किए

तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा नयाँ वर्ष २०७४ को शुभकाना आदन प्रदान तथा सरकारी एवं गैर सरकारी कार्यालयबाट प्रवाह भएको सेवा सुबिधामा सर्वसाधरणको गुनासो विषयक अन्र्तक्रिया कार्याक्रम आइतबार सम्मन भएको छ ।

अन्र्तक्रियामा बढ्दै गएको महिला हिंसा, स्वास्थ्य सेवा, विकासका पूर्वाधार, समानुपातिक राहत वितरण, सरकारी कार्यालयका कर्मचारीहरुको सेवाग्राही प्रतिको सद्भाव लगायतका सवालहरु माथि छलफल भएको थियो ।

रेडियो मितेरी पाँचथरका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ पाँचथरका पूर्व अध्यक्ष लक्ष्मी गौतमको प्रमुख आतिथ्यतामा भएको कार्याक्रममा सहभागीहरुले उठाएका सवालमा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर पुरी, मालपोत कार्यालयका शंखर दाहाल, प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख सन्तोषप्रसाद शाह र उद्योग वाणिज्य संघ संक्रान्तिबजारका अध्यक्ष प्रेम पौडेलले जवाफ दिनु भएको थियो ।

आठराई पत्रकार समाजका अध्यक्ष अमृत बास्तोलाको सभापतित्वमा संचालित कार्याक्रमा नेपाली काँग्रेसका प्रतिनिधि हेमन्त गुरुङ, एकिकृत माओवादीका चिन्तन बराल, रेडियो मितेरी पाँचथरका स्टेसन मेनेजर खविन लुईटेल, देउराली सोसाईटी आठराईका प्रमुख खगेन्द्र सापकोटा, महिला अधिकारकर्मी सनिसा भेटुवाल, नागरीक समाजका अध्यक्ष अनिरुद्र तिम्सिना लगायत सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुखहरुले नयाँ वर्षको शुभकाना व्याक्त गरेका थिए ।
कार्यक्रमा देउराली सोसाईटी तेह्रथुमको सहयोगमा आठराई पत्रकार समाज तेह्रथुमले आयोजना गरेको थियो ।