समाज

सशस्त्रको भवन पूर्ननिर्माणका लागि प्रवासीको सहयोग

आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबाजरमा रहेको सशस्त्र प्रहरी सुरक्षा वेस क्याम्पको भवन पूर्न निर्माणका लागि प्रवासबाट १० हजार रुपौया उपलब्ध भएको छ ।
गत चैत १९ गते राती पानी संगै आएको हावाहुरीले क्याम्पको छानो सहित भवनमा क्षती भएको समाचार प्रकाशान एवं प्रशारण भएपिछ इजरायलमा रहेका समाजसेवी तथा तीनजुरे मिडिया ग्रुपका अध्यक्ष देव बास्कोटा र व्यावस्थापक प्रदिप चौलागाईले पाँच, पाँच हाजर सहयोग रकम उपलब्ध गराएका हुन् ।
सहयोग रकम सशस्त्र प्रहरी संक्रान्तिका प्रमुख सानुकान्छा तुवानबासु र उद्योग बाणिज्य संघ संक्रान्तिबजारका अध्यक्ष प्रेम पौडेललाई रेडियो मितेरीका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष लक्ष्मी गौतमले हस्तान्तरण गर्नु भएको छ । क्याम्पमा भएको क्षतिको पत्रकार अमृत बास्तोलाले समाचार सम्प्रेषण गर्नु भएको थियो ।