फिचर संवाद

पुरुष योद्धा उत्पादन गर्न महिलालाई बनाइयो मेसिन

सन् २००३ सुरु हुँदै गर्दा इराकका धेरै गर्भवती महिला समय नै नपुगी अस्पताल पुगेर शल्यक्रियाबाटै भए पनि सकेसम्म छिटो बच्चा जन्माउने हतार गरिरहेथे । संयुक्त राज्य अमेरिकाले इराकमाथि आक्रमणको तयारी गरिरहेको हुनाले सबैमा सन्त्रास छाएको थियो । नभन्दै सोही वर्षको मार्चमा अमेरिकाले इराकमाथि आक्रमण गरिहाल्यो । देश युद्ध मैदानमा परिणत भयो । सिंगो वातावरण सन्त्रस्त भयो ।

 

कुनै पनि बेला अमेरिकी सेना घरमा आई खानतलास गर्न सक्थे । कुनै पनि बेला घरको छानामै बम खस्न सक्थ्यो । जीवनको भर रहेन । यही पीडा र सन्त्रासको समयमा प्रसव पीडामा पर्न नपरोस् भनेरै इराकी आमाहरू समय नपुग्दै नयाँ जीवनलाई जन्म दिन हतारिएका थिए । फेरि इराकी जनताका लागि यो युद्ध प्रथम पनि त थिएन, न त अन्तिम नै हुन सकिरहेको छ । लामो समयदेखि युद्धको विभीषिका भोगेकाले पनि होला, इराकी महिला युद्धको प्रवृत्तिसँग सचेत थिए । त्यसो त युद्धसँग जोडिएका कथाहरू इराकी जनजीवनका अभिन्न अंग बनेका छन् । सन् १९८० तिर त्यस्तै लडाइँले लखेटिएकी एक इराकी गर्भवती आमा तीर्थस्थलमा जान्छिन् र अल्लाहसँग वर माग्छिन्, ुआफ्नो गर्भबाट छोरी नै जन्मियोस् ।ु छोरा जन्मिए हत्या गर्ने कसम खान्छिन् उनी । ती आमालाई इराकी कथाकार सुहाल्या सल्मानले आफ्नो कथा ुअल९लिकाुको प्रमुख पात्र बनाएर प्रस्तुत गरिन् । उनी चाहन्थिन्, ुसंसारले बुझोस्, इराकी आमाहरू युद्ध चाहन्नन् । युद्ध लम्ब्याउने सम्भावना बोकेका छोराहरू नै जन्माउन चाहन्नन् ।

 

ओहो १ इराकी आमाहरूको पीडा कति चर्को थियो भने उनीहरू आफ्नै कोखलाई पनि दोषी देख्न बाध्य भए । युद्धको स्वभाव नै विध्वंस हुन्छ । मानिसले आफूजस्तै मानिसविरुद्ध छेडेको युद्धले केही देशका केही नेता र युद्ध व्यापारीको स्वार्थसिद्ध भए पनि मारिने त साधारण जन नै हुन् । मारिने साधारण जन कुनै पनि देशका हुन सक्छन् । मृत्युको के कुनै देश हुन्छ र रु युद्धले ध्वंस गरेको सहर फेरि बनाउन सकिएला । भत्किएका पुल र पर्खालहरू, खरानी बनेका मन्दिर, गिर्जाघर, चर्च, गुम्बाहरू फेरि खडा गर्न सकिएला । तर, के चिहान भइसकेको जीवन ब्यूँताउन सकिन्छ रु अहँ, सकिँदैन । युद्धको त्यो बिभत्सता ती श्रीमतीहरूलाई सोध्नुपर्छ जसले श्रीमान्हरू गुमाएका हुन्छन् । युद्धको पीडा ती आमाहरूलाई सोध्नुपर्छ जसका सन्ततीले असमयमै चिहान देख्नु परेको हुन्छ । युद्धले सिर्जना गर्ने आँसुको नदी कति माइल लामो हुन्छ, के कसैले नाप्न सक्छ रु लामो समयदेखि युद्ध भोगिरहेका इराकी आमाहरूको कथाव्यथा कस्तो होला रु कम्ता युद्ध भोगेको छ टिग्रिस र युफेरटस नदीलाई काखमा राखेर बनेको बगदादले रु कम्ता युद्ध भोगेको छ त्यो सभ्यताको उद्गमस्थलले रु इसापूर्व चार हजार वर्ष पहिलादेखि नै त्यहाँ मानव सभ्यताको विकास भएको थियो । मानव सभ्यताको जग हाल्ने सुमेरियन सभ्यता, बेबिलोनियन सभ्यताजस्ता सभ्यताले त्यही जरा हालेका थिए । बेबिलोनको झुन्डिएको बगैंचा वा बगदादको पुस्तकालय मानव सभ्यताका चिरस्मरणीय देन हुन् ।

 

अट्टोमन साम्राज्य, बेलायती उपनिवेशविरुद्धको लडाइँ, इराक९इरान युद्ध, इराक९कुवेत युद्ध, सिया, सुन्नी र कुर्दहरूको झगडा, आर्थिक नाकाबन्दी, अमेरिकी आक्रमण आदि९आदिबीच अहिले त्यही इराक युद्धको कालो मुस्लोमा हराइरहेछ । त्यहाँका माहिलाले युद्धको विभीषिकाबीच गरेको संघर्षको कथा भनिनसक्नु छ । त्यो संघर्षको अध्ययन युद्धको सन्त्रास र जीवनप्रतिको आशाबीचको संघर्षको अध्ययन हो । हाइफा जंगानाले आफ्नो पुस्तक ुसिटी अफ् विडोज् स् एन इराकी वुमन्स अकाउन्ट अफ् वार एन्ड रेसिसटेन्सु ९विधवाको सहर स् इराकी महिलाको प्रतिरोध र संघर्षका गाथा०ले इराकी महिलाले गरेको त्यही संघर्षको सांगोपांगो चित्रण गर्छ । सन् २००७ मा प्रकाशित यो पुस्तकले इराकी महिलाहरूको अन्तहीन संघर्ष, अवरोध तथा उपलब्धिलाई प्रस्तुत गरेको छ । युद्धले गर्दा परिवार नियोजनका साधन पूर्णतः प्रतिबन्धित भए । इराकी महिला बच्चा जन्माइरहन विवश बने । युद्धमा पुरुष योद्धाहरू उत्पादन गर्न महिलाहरू मेसिन बनाइए । हाइफा जंगानाको हुर्काइ नै फरक तरिकाले भएको थियो । किशोरावस्थामा नै कुनै पप गायक÷गायिका वा मोडल उनको रोल मोडल बन्न सकेनन् । त्यसको साटो फ्रान्सेली उपनिवेशविरुद्ध लड्ने अल्जेरियाली योद्धा तथा पहिलो जननिर्वाचित राष्ट्रपति अहमेद बेन बेल्ला र उनीसँगै कैदी बनाइएकी अल्जेरियाली स्वतन्त्रता आन्दोलनका महिला योद्धा जामिला बुहारयाद उनको प्रेरणास्रोत बन्न पुगे । जंगानाले किशोर अवस्थादेखि नै राजनीतिक गतिविधिमा भाग लिने गर्थिन् । उनले सन् १९६७ पछिका प्यालेस्टाइनी संघर्षमा पनि साथ दिइन् । औषधि विज्ञानकी छात्रा जंगाना सिरिया, लेबनानसम्म पुगेर प्यालेस्टाइनी शरणर्थीका लागि औषधि वितरण गर्थिन् । सन् १९६८ मा इराकमा बाथ पार्टीले सत्ता कब्जा गरेपछि भने स्थिति फेरियो । उनका नजिकका तीन साथीको हत्या गरियो । कति साथीलाई मानसिक आघात पुग्ने गरी यातना दिइयो । बस्नै नसक्ने स्थिति भएपछि सन् १९७४ को अन्त्यतिर उनले सदाका लागि इराक छोडिन् । तर, इराकी जनताको कथा लेख्ने उनको कलम भने रोकिएन । बुर्काभित्र महिला इस्लाम धर्म मान्ने देशमा मात्र होइन, संसारका जुनसुकै धर्म परम्परा मान्ने समाजमा महिलालाई दोस्रो दर्जाका नागरिककै रूपमा व्यवहार गरिएको पाइन्छ । ुहिस्ट्री अफ नलेजुमा चाल्र्स भान डोरेन तर्क गर्छन्, ुइसापूर्व छैटौं शताब्दीतिर एरिस्टोलले महिलालाई प्राकृतिक रूपमै निम्नस्तरका प्राणी भनी प्रतिपादन गरेको महिलासम्बन्धी गलत धारणाका कारण आजसम्म पनि संसारभरकै समाजमा महिलाको सही पहिचान हुन सकेन र समानता कायम भएन ।ु

 

डोरेनेका अनुसार इस्लाम धर्मले अल्लाह र व्यक्तिबीचको सम्बन्धमा मात्र सीमित नराखी इस्लाम धर्मावलम्बीहरूको अल्लाहसित सामाजिक र राजनीतिक सम्बन्धलाई समेत जोड दिन्छ । इस्लाम धर्मको आधारमा बनेको समाज हो इराकी समाज । इस्लामी समाजमा महिला पर्दाभित्र रहनुपर्ने चलन छ । धैरै लेखक, सामाजिक९राजनीतिक कार्यकर्ताले महिला स्वतन्त्रता रोक्ने यस्तो परम्पराको विरोध पनि गरिरहेकै छन् तर यो बन्देज कायम नै छ । जंगाना लेख्छिन्, ुमहिलाले बुर्का लगाउनुलाई कुरानको आधार मानी सभ्य आचरणको परिचायक भन्छन् । तर, कुरानमा सभ्य पहिरन भनेको महिलाले बुर्का लगाउनु नै हो भन्ने कुनै तर्क पाइन्न ।ु अर्का लेखक वादुद मुहसिन पनि कुरानको व्याख्या गर्दै भन्छन्, ुकुरानले सभ्यतालाई जोड दिइएको हो, बुर्कालाई होइन । बुर्का लगाउनु नै सभ्यताको परिचायक हो भने इस्लाम धर्मका अनुयायी पुरुषले किन नलगाएको रु ु वादुद मुहसिन कुरानको थप व्याख्या गर्दै भन्छन्, ुकुरानमा असल आनीबानीबारे लेखिएको छ । कुरानमा गरिएका प्रायः सम्बोधन पुरुषप्रति लक्षित छन् । तर, कुरानमा कतै पनि महिलाले बुर्का लगाउनुपर्छ भनी लेखिएको छैन ।ु बुर्का परम्पराले महिलाको अनुहार पनि ढाक्दैन, सार्वजनिक जीवनबाट जिउन वञ्चित गरिदिन्छ । त्यसैले जमिल सिद्धिकी अल जाहाबी ९१८६३९१९३६० र मरुफ अल रुसफी ९१८७५९१९४५०जस्ता कविहरू इराकी महिलाको शिक्षाको अधिकार, आफ्नो इच्छाअनुसार श्रीमान् छान्न पाउने अधिकारजस्ता मौलिक अधिकारको माग गर्छन् । संसारका जुनसुकै कुनामा रहेका र जुनसुकै भाषा, धर्म मान्ने महिलाको उत्थान, स्वतन्त्रता तथा स्वावलम्बनका लागि सही शिक्षा नै अचुक उपाय हो । धर्म र संस्कृति अपनाउने नेपाली समाजमा पनि महिलाहरू विभिन्न धार्मिक, सामाजिक बन्धनमा बन्दी भएका छन् । त्यसैले नेपाली महिला आन्दोलनमा पनि महिला शिक्षा, रोजगारी तथा स्वास्थ्यको माग निरन्तर उठिरहेछ । सन् १८९९ मा इराकमा पहिलो छात्रा विद्यालय खोलिएको थियो । त्यति बेलाको औपनिवेशिक इराकमा बेलायतीले जनताका लागि विद्यालय सञ्चालन गर्थेनन् । खोलिएका थोरै विद्यालयमा पनि अट्टोमन साम्राज्यका पालामा हाकिम भएका परिवारका छोरीले मात्र पढ्न पाउँथे । सार्वजनिक विश्वविद्यालयबाट स्नातक गरेका पहिलो महिलाहरू तिनै सम्भ्रान्त परिवारका थिए । मध्यमस्तर र तल्लो तहका इराकी महिलाहरू शिक्षाबाट टाढै थिए । जंगानाले इराकी महिलालाई तीन तहमा व्याख्या गरेकी छन् । सम्भ्रान्त वर्गका महिलाले विद्यालय तथा विश्वविद्यालयमा शिक्षा लिने अवसर पाएका छन् । मध्यम तहका महिला घरायसी काम, सामूहिक जमघटमा फेसन तथा वैवाहिक सम्बन्धका गफ गर्छन् । कामदार वर्गका महिलालाई हातमुख जोडे्ने मेसो मिलाउँदा नै फुसर्द हुँदैन ।

 

चरम गरिबीमा बाँच्नु परे पनि कामदार वर्गका महिलालाई काम गर्दा बुर्का लगाउन अनिवार्य छैन जब कि सम्भ्रान्त र मध्यम वर्गका महिलाका लागि बुर्का अनिवार्य छ । बुर्काको बन्धन भए पनि माथिल्लो वर्गका महिला थोरबहुत शिक्षाको पहुँचमा छन् । त्यसको विपरीत बन्धनका सीमाहरू खुकुलो भए पनि गरिब महिला शिक्षाबाट वञ्चित छन् । त्यसको एउटै कारण चरम गरिबी हो । यसर्थ सामाजिक र आर्थिक आधारमा सबै इराकी महिलाले समान जीवन जिइरहेका छैनन् । महिलाहरूबीचका वर्गीय विभाजन नेपाली समाजको पनि यथार्थ हो । काम गरी खाने वर्गका नेपाली महिला अझै पनि शिक्षाको कम पहुँचमा छन् र रोजगार पाएका छैनन् । धेरै महिला अहिले पनि निरक्षर छन् । पहिलो संविधानसभामा कति महिला सभासद्लाई आफ्नो नाम लेख्न र पढ्न नै समस्या परेको पत्रपत्रिकामा आएको थियो । तर, त्यसको दोषी महिला स्वयंभन्दा पनि उनीहरूलाई पढ्न नदिने परम्परा र विद्यालयजस्ता पूर्वाधारहरू नदिने राज्यव्यस्था दोषी थियो भन्नेमा कत्तिको ध्यान गयो रु मुक्ति आन्दोलनमा महिला सन् १८१७ देखि बेलायती उपनिवेशमा रहेको इराकमा सन् १९२० मा स्वतन्त्रता आन्दोलन भए । स्वतन्त्रता आन्दोलनमा इराकी कविले देशको मुक्तिसँगसँगै इराकी आमाहरूको मुक्तिको आह्वान गरेका थिए । महिला मुक्ति आन्दोलनलाई पनि देशभक्ति आन्दोलनको अभिन्न आन्दोलनका रूपमा लिइएको थियो । १९२० को आन्दोलनमा इराकी महिलाहरूको भूमिका पनि अहम थियो । युम निजार भन्ने कविले महिलालाई सामान्य उपभोक्ता प्रवृत्तिविरुद्ध लडी अध्ययन र काममा लाग्नका लागि अभिप्रेरित गरे । वास्तवमा बास्किनले भनेजस्तै महिलाको संघर्ष भनेको देशको मुक्ति आन्दोलनमा सिक्काको अर्को पाटोजस्तै थियो । इराकमा कम्युनिस्टहरूको गतिविधिले पनि महिला संघर्षमा राम्रो बल पुगेको जंगानाको विश्लेषण छ । माक्र्सवादी अध्ययन समूहले ुसाहिफाु नामको पत्रिका निकालेपछि महिलाको मुद्दा विस्तारै सार्वजनिक बहसको विषय बनेको उनी उल्लेख गर्छिन् । शिक्षाको ऊर्जा दोस्रो विश्वयुद्धमा इराकले बेलायतलाई बाटो दिएन । सन् १९३२ मा इराकलाई बेलायतले फेरि अर्धउपनिवेश बनायो । त्यही समयमा इराकी राजा र बेलायतबीच एक सम्झौता भयो । उक्त सम्झौताअनुसार सैन्य अखडा, बेलायती सल्लाहकारहरू, पेट्रोलियम पदार्थ उत्पादनमा नियन्त्रण एवं विदेशनीतिमा बेलायतसँग सहकार्यमार्फत बेलायतले इराकमा आफ्नो अधीन कायम राख्यो । जनता त्यस्तो सम्झौताविरुद्ध सडकमा ओर्ले । राष्ट्रिय मुद्दामा ९१९४१ र १९४८ मा० महिलाहरू पनि उत्तिकै संघर्षमा होमिए । महिलाको राजनीतिक सहभागिताले महिला मुद्दाबारे राजनीतिक निर्णय गर्न योगदान पुर्यायो । इराकमा सन् १९५० को दशकमै राजनीतिक मुद्दामा महिलाका लागि शिक्षा र रोजगारका माग उठेका थिए । सन् १९५५ देखि १९५८ सम्ममा २६१ वटा छात्रा विद्यालय र ४५ वटा माध्यमिक विद्यालय स्थापना भएका थिए र ७९ हजार नौ सय छात्रा विद्यालय भर्ना भएका थिए ।

 

 

त्यो समयमा नेपाली समाजमा अति न्यून मात्र शिक्षाको अवसर थियो । अझ नेपाली महिलाका लागि त नबुनिएको सपनासरह थियो । इराकी समाजमा गरिबीविरुद्ध लड्न, सार्वजनिक जीवन स्थापित गर्न अनि पेसागत महत्व बनाउन शिक्षा अति लाभदायक सिद्ध भयो । परम्परागत धारणा बोक्ने अन्य अरब देशहरूमा पनि राम्रो आमा बन्न शिक्षाको महत्व स्थापित भयो । बास्किनको भनाइमा ुसंगठित समाजिक क्रान्तिुको ऊर्जा थियो— शिक्षा । सन् १९५८ मा नै अब्दुल करिम क्वाजिमको शासनमा महिलालाई सम्पत्तिमाथि हक, महिलामैत्री वैवाहिक कानुन बनाइएको थियो । त्यति बेला बहुपत्नी प्रथामा नियन्त्रण र सिया र सुन्नीबीच वैवाहिक सम्बन्ध स्थापना भएको थियो । ५० को दशकलाई इराकमा कानुनी उपलब्धिको दशक मानिन्छ । सद्दामले दिएको सुविधा सामाजिक र आर्थिक अनुसन्धानमा बाथ पार्टीको शासनले दुरुत्साहित गरेका कारण त्यो समयका इराकी महिलाको अवस्थाबारे सामग्री पाउन गाह्रो भए पनि जंगानाले औपचारिक सरकारी तथ्यांकअनुसार इराकी समाजलाई केलाएकी छन् । बाथ शासनकालमा इराक तेल बेचेर आर्थिक रूपमा समुन्नत भएको थियो । सन् १९७० को दशकमा तेल कम्पनीहरूको राष्ट्रियकरणले गर्दा इराकले आर्थिक वृद्धि प्राप्त गर्न सकेको थियो । विश्व बजारमा तेलको भाउ बढिरहेको पनि थियो । देशको आर्थिक उन्नतिका कारण सरकार सामाजिक उपलब्धि दिन सक्षम पनि भयो । सन् १९७० पछि इराकी समाजमा महिलाले शिक्षा, रोजगारी र सांस्कृतिक क्षेत्रमा धेरै अवसर पाए । सन् १९७९ मा १२ वर्षसम्मका सबै इराकीलाई अनिवार्य शिक्षा दिने कानुन बन्यो । महिलाको शिक्षा, रोजगारी, स्वास्थ्य र सामाजिक कल्याणजस्ता क्षेत्रमा सरकारले लगानी गर्यो । महिला कामदार भएको ठाउँमा बालबालिकाका लागि नर्सरीहरू खोलियो जसले गर्दा महिलालाई परम्परागत कामभन्दा फरक खालका कार्यक्षेत्रमा जान पनि सहज भयो । सन् १९७० देखि १९९० सम्ममा इराकको कुल श्रमशक्तिमा १६ दशमलव आठ प्रतिशत महिला थिए । सद्दाम हुसेनको कार्यकालमा यो सहभागिता बढेर २३ प्रतिशतसम्म पुगेको थियो । सन् १९७० को श्रम कानुनमा गर्भवती महिलाका लागि कम कार्य समय र नाबालकलाई स्तनपानको हक, एक वर्षसम्म सुत्केरी बिदाको व्यवस्था गरिएको थियो जसमा पहिलो ६ महिनासम्म पूरा तलब र दोस्रो ६ महिना आधा तलबको व्यवस्था थियो । त्यति बेलाको इराकी जीवनस्तरलाई संयुक्त राष्ट्रसंघले ग्रिसेली जनताको जीवनस्तरसँग तुलना गरेको थियो ।

 

इराकी महिलाहरूले सो समयमा पाएका अधिकारहरू वास्तवमै अनुकरणीय र परिवर्तनका आधारहरू थिए । युद्धको छाया इराकका लागि सन् १९८० मा इरानमाथि गरेको हमला सबभन्दा ठूलो गल्ती साबित भयोे । युद्धका कारण विगतका सबै उपलब्धि गुमाउन पर्यो । त्यसको सबैभन्दा ठूलो मार पर्यो महिलालाई । इराकभित्र इस्लामिक दंगा उक्साएको आरोप र सिमाना मिचेको मुद्दामा इराकले इरानमाथि आक्रमण गरेको थियो । त्यति बेला इराकलाई संयुक्त राज्य अमेरिकाको साथ थियो । इरानमा भएको इस्लामिक क्रान्तिले गर्दा मध्यपूर्वका इराक लगायतका देशमा रूढिवादीहरू महिलालाई परम्परागत जीवनमै फर्काउन प्रयासरत थिए। युद्धको बेला इराकी सरकारले विदेश जानका लागि प्रतिबन्ध लगाएको थियो । बाहिरी संसारबाट जनता एक्लिँदै थिए । इराकी महिला सेनामा पनि भर्ती गरिएका थिए । उनीहरूमाथि कामको भार थपिँदै थियो । युद्धले गर्दा परिवार नियोजनका साधन पूर्णतः प्रतिबन्धित भए । इराकी महिला बच्चा जन्माइरहन विवश बने । युद्धमा पुरुष योद्धाहरू उत्पादन गर्न महिलाहरू मेसिन बनाइए । घर अनि घरभन्दा बाहिर पुरुषको अनुपस्थितिमा सबै खाले काम गर्न महिला बाध्य थिए । सन् १९८० देखि इराकी जनताका लागि युद्धबाट कुनै किसिमको आराम मिलेको छैन । सन् १९९० देखि इराकमाथि अमेरिकाले आर्थिक नाकाबन्दी लगायो भने सन् २००३ मा आक्रमण नै गर्यो । अहिले आईएसआईएसले चलाएको धार्मिक आतंकको मारमा पर्ने पनि इराकी जनता नै छन् । आक्रमण कि प्रजातन्त्र आतंकवादविरुद्ध युद्ध भन्ने नारा दिएर जर्ज डब्लू बुस नेतृत्वको अमेरिकाले सन् २००३ मा इराकमाथि आक्रमण गर्यो । प्रजातन्त्र र मानव अधिकारका निम्ति भनिए पनि इराकी जनताका लागि त्यो युद्धको उपहार बने— बमबारी, आमसंहार, दुःख र अविच्छिन्न सन्त्रास । अमेरिकी संस्थाहरूले इराकी महिलाले ुमुक्तिु पाएको चर्चा गर्दै विदेशमा बसेका केही महिलालाई देखाए तर इराकमै रहने महिलाका लागि त्यो आक्रमण गरिबी, घरबारविहीन र सन्त्रस्त जिन्दगीको बीउभन्दा केही पनि भएन । खान लाउनकै लागि कुनै सम्मानजनक काम नपाउँदा महिलाहरू यौनकर्म गर्न विवश बनाइए । एउटी छात्रा तीन दिनसम्म लासको थुप्रोमा रहन बाध्य भइन् । अमेरिकी सेनाको बमबाट आफ्नो बुवा र दाइ मारिएपछि उनी एक्लै लास भरिएको कोठामा रहिन् । तीन दिनपछि मात्र उनको उद्धार भयो । अर्की आमा आफ्नो छोराको हात बमले टुक्रा पर्दा पनि कसैको सहयोग नपाएर आफ्नै आँखाअगाडि सन्तान मरिरहेको हेर्न विवश भइन् । अमेरिकी सैन्य अखडा भएर विद्यालय जान समस्या परेपछि १४ वर्षीया एक बालिकाले स्कुल जान छोडिन् । तैपनि अमेरिकी सेनाको गिद्धे दृष्टिबाट जोगिन सकिनन् । सेनाले उनलाई घरमै आई सामूहिक बलात्कार गरी जिउँदै जलाए । लेखकले सो पुस्तकमा आक्रमणको चार वर्षका केही घटना उल्लेख गरेकी छन् । अमेरिकी आक्रमणका कारण त्यस्ता अनगिन्ती पीडाका क्षण भोग्न इराकी महिला विवश बने । सरकारी तथ्यांकका आधारमा आक्रमणको चार वर्षमा मात्रै इराकमा एक हजार ५३ वटा बलात्कारका घटना दर्ता भए । महिलाको अधिकार शून्य बराबर अवस्थामा पुग्यो । अहिले महिलाहरू त्रिपालमा बस्छन् । राज्य सञ्चालमा उनीहरूको आवाज पुग्ने कुनै बाटो छैन ।

 

जनता बस्ने ठाउँमा दिनको दुई घन्टामात्र बिजुली आउँछ । स्थानीय साइस्ता अजिजले भनेझैं ुबगदादमा सुरक्षित भएको महसुस गर्न पाउने कुनै क्षण नै छैन ।ु बगदाद सहर भूतको सहरजस्तै भएको छ । बगदादमा मात्र तीन हजार महिला विधवा भएका छन्, देशभरिको तथ्यांकमा यो संख्या लाखौंमा पुग्छ । महँगो यातायात खर्च तिर्न नसकेर महिलाले काम नै छोड्ने गरेका छन् । अर्को काम पनि नपाउँदा यौनकर्म गर्ने महिलाको संख्या बढेको छ । इराकमा १९३० पछि सबैभन्दा बढी यही समयमा महिलाहरू निरक्षर भएका छन् । आक्रमणले सद्दाम हुसेनको पालाको राज्यकेन्द्रित अर्थतन्त्रलाई ध्वस्त पारेको छ । यसले महिलाको गरिबी झन् बढाएको छ । वैदेशिक आक्रमण र कब्जा नै इराकी महिलाको दुःखको कारण भएको इराकी महिलाहरूले ठम्याएका छन् । विदेशी शक्तिले लामो समय शासन गर्नका लागि इराकी संस्कृतिमाथि पनि आक्रमण भइसकेको छ । यद्यपि इराकी महिला अन्तहीन युद्धविरुद्ध पनि संघर्ष गर्दैछन् किनभने आफ्ना सन्ततिका लागि पनि मातृभूमि जोगाउँदै संघर्ष गर्नुको विकल्प छैन । अन्नपूर्ण पोष्टवाट