फिचर

पाँचथरको पहिचानका लागि ऋण काढेर सगरमाथाको चुचुरो चुम्दै सुशिल

मितेरी डेस्क
पाँचथर मङजावुङ ३ निवासी सुशिल सेर्मा लिम्बूले हिम पहिरो र भूकम्पका कारण दुई पटक सम्म स्थगित भएको तेस्रो पटकका लागि सगरमाथा आरोहण अभियानका शुरु गरेका छन ।
२०६८ सालमा सैनिक जागिर छाडेर हिमाल आरोहण शुरु गरेका २७ वर्षीय सेर्माको आरोहण १ अप्रिल २०१७ मा काठमाण्डौवाट शुरु हुने निश्चय भएको हो । २०६८ सालमा सैनिक जागिर छाडेका सेर्माले २०६८ भदौ महिनामा सोलुखुम्वु जिल्लामा अवस्थित ६,१८९ मिटर उचाइको आइसलैण्ड पिक (इम्जासे) हिमाल चढेर आरोहण यात्रा सुरु गरेका हुन । उनले दोस्रो पटक २०६९ साल जेठ २७ देखि असार ७ गतेसम्म नेपालको सवैभन्दा होचो भू–भाग (झापाको केचनाकलन) देखि विश्वको तेस्रो हिमाल (ताप्लेजुङको कञ्चनजंघा) आधार शिविर सम्मको पदयात्रा पनि गरे । सो यात्रालाई प्रथम मेची शान्ति पदयात्रा भनिएको थियो ।उनले तेस्रो पटक १६ नोभेम्वर २०१४ मा रसुवा जिल्लामा अवस्थित ६ हजार २ सय मिटर उचाईको लाम्टाङ हिमालको आरोहण गरे ।।
भने गत असोज महिनामा आरोहण अभ्यासका लागि एड्भान्स तहको एक महिने तालिम गत असोज महिनामा सिक्किममा सम्पन्न गरेका छन यसअघि ८ मे २०१४ मैै दक्षिणी मोहडावाट विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखर पुग्ने लक्ष राखेकोमा सगरमाथामा गएको हिमपहिरो पश्चात सरकारले आरोहणमा प्रतिवन्ध लगाँउदा उनको योजना विफल भयो । त्यसपछि २०७२ बैशाखमा गएको भूकम्पका कारण उनको आरोहण दोस्रो पटक पनि अवरुद्व भयो । संविधान कार्यन्वयन,धार्मिक सहिष्णुता कायम वढ्दो भ्रष्टाचार नियन्त्रण,मानव अधिकारको रक्षा,विश्व शान्तिका लागि आणविक शस्त्र अस्त्र निशस्त्रीकरणका लागि शन्देश फैलाउने उदेस्यले सगरमाथा आरोहणको लक्ष्य लिएको उनी बताँउछन ।
.
विद्यालयकालमा पढेका तेन्जिङ नोर्गे सेर्पाले चढे हिमाल चुचुरा र लक्ष्मीप्रसाद देवकोटाको उदेस्य के लिनु ? उडी छुनु चन्द्र एक भन्ने कवितांशवाट प्रभावित भएकाले यो यात्रा शुरु गरेको उनी वताँउछन । उनी पाँचथर जिल्लावाट हिमाल आरोहणमा जुटेका पहिलो र एकमात्र आरोहि हुन ।  यसअघि सन २००९ अगष्ट १६ का दिन तेह«थुमकी जुनिता सम्वाहाम्फेले सगरमाथा आरोहण गरेर किराँत लिम्वू समुदायका तर्फवाटै पहिलो आरोहिका रुपमा किर्तिमान राखिसकेकी छिन ।
तर लिम्वू पुरुषहरुका तर्फवाट कसैले सगरमाथा आरोहण नगरेकाले यो त्योे स्थान सुरक्षित गर्ने उनको सपना छ ।
आरोहणका लागि २५ लाख अधिक रकम खर्च हुन्छ । त्यसका लागि भुतपुर्व सैनिक संघ,सेर्मा संजम्भु लगायत का सस्थाको व्यानर मार्फत जिल्ला र जिल्ला वाहिर रहेका नेपाली दाजुभाई वाटै संकलन गर्ने उनको लक्ष छ । सवैसँग आनासुखी संकलन गरेर भएपनि हिमाल चढेरै छोड्छु । उनी भन्छन । उनी काठमाण्डौको अरुणटेक एजेन्सी मार्फत गाइड सिङगी ह्याल्मु लामाका साथ दक्षिणी मोहडावाट सगरमाथा चढ्नेछन ।