मोफसल राजनीति

जनसंख्याको अनुपातमा महिला मतदाताको संख्या कम

नेपालको जनसख्या पुरुषको तुलनामा महिला बढी भए पनि मतदाता संख्या भने कम देखिएको छ । २०६८ को जनगणना अनुसार महिलाको जनसंख्या ५१।५० प्रतिशत रहेपनि मतदाता संख्या ४९। ५५ प्रतिशत अर्थात करिब २ प्रतिशतले कम छ ।

निर्वाचन आयोगले नजिकिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सार्वजनिक गरेको मतदाता नामावती अनुसार कुल एक करोड ४० लाख ५४ हजार ४ सय ८२ जना मतदाता मध्ये ६९ लाख, ४८ हजार ६ सय २५ जना महिला मतदाता रहेका छन् । पुरुष मतदाता ९५०।४४ प्रतिशत० अर्थात ७० लाख ६९ हजार ७ सय १४ जना रहेको आयोगको तथ्याक छ । यसरी हेर्दा पुरुष मतदाता १ लाख ५ हजार ८९ जना बढी देखिन्छ । आयोगका अनुसार यसपटक १ सय ४३ जना तेस्रो लिंगीले पनि मतदान गर्नेछन् ।

संविधान सभा निर्वाचन २०७० मा महिला मतदाताको सङ्ख्या बढी थियो । कुल मतदाता १ करोड २१ लाख ४७ हजार ८ सय ६५ जना रहेकोमा महिला मतदाता सङ्ख्या ६१ लाख ६६ हजार ८ सय २९ ९५०।७६ प्रतिशत० थियो । पुरुषको ९४९।३३ प्रतिशत० र तेस्रो लिंगी १ सय ५५ जना थिए ।
यसपटक महिला मतदाता सङ्ख्या कम हुनुमा सामाजिक, आर्थिक कारण हुन सक्ने निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले बताउनुभयो । तर धेरै महिलाको नागरिकता नबन्नु र मतदान सम्बन्धी शिक्षा नहुनुले पनि महिलाको मतदाता नामवलीमा नाम दर्ता हुन नसकेको महिला नेतृहरु बताउछन् । निर्वाचनमा १८ वर्ष पुगेका नेपाली नागरिकले मतदान गर्न पाउनेछन् ।

यसैगरि निर्वाचन आयोगका अनुसार यसपटक सबैभन्दा बढी मतदाता मोरङ, काठमाडौ, रुपन्देही, सुनसरी र कैलाली रहेका छन् ।

सवैभन्दा कम मतदाता रहेको जिल्ला मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु हुन् ।